कोभिड–१९ को कमजोखिमकालागि भिटामिन डिको प्रभावकारिता

पछिल्लो समयमा गरेका केहि अध्ययनहरुले पर्याप्त मात्रामा भिटामिन डिको सेवन गर्ने व्यक्तिमा कोभिड–१९ का मृत्युजस्ता प्रतिकुल असरको जोखिम कम देखिने गरेको तथ्य सार्वजनिक गरेको छ ।
मोटोपन–घुलनशिल भिटामिनको रुपमा परिचित भिटामिन डिले शरीरको प्रतिरक्षा प्रणालीको सुधार गर्दै व्यक्तिलाई श्वासप्रश्वास सम्बन्धिका विविध रोगहरु लाग्नबाट बचाउँछ ।
यसैगरि भिडामिन डिले क्याल्सियमलाई सोस्दै हाड विकासको खनिजकरणलाई समेत प्रोत्साहन गर्दछ ।
प्रस्तुत लेखले कोभिड–१९ संग सम्बन्धित जोखिम कम गराउनमा भिटामिन डिको प्रभावकारिता कस्तो रहन्छ ? भन्ने विषयमाथि प्रकाश पार्न खोजिएको छ ।
भिटामिन डिको ऐतिहासिक पृष्ठभुमि

विविध प्रकारको श्वासप्रश्वास संक्रमणमा भिटामिन डिको प्रभाव सम्बन्धि जानकारीका लागि सन् १९३० को दशकको अनुसन्धानलाई पनि नियाल्न सकिन्छ ।
जहाँ उद्योगमा कार्यरत श्रमिकहरु सामान्य चिसोका कारणका लगातार कार्यमा अनुपस्थित हुन थालेपछि त्यसबखत उनीहरुको उपचार भिटामिन डिको मात्रा उच्च रहने कोल्ड–लिभर तेलको माध्यमबाट गरिएको थियो ।
यसैगरि, बिनायोजना नै सन् २००७–२०२० मा विभिन्न गम्भीर श्वासप्रश्वास संक्रमण विरुद्व भिटामिन डिको प्रयोगबारे गरिएको परीक्षणमा पनि यसको सकरात्मक नतिजा प्राप्त भएको थियो ।
यसकारण पनि कोभिड–१९ को प्रभावकारी उपचारको पहुँचबाट टाढा रहेको यस संकटको घडिमा सो रोगमाथि भिटामिन डिको प्रभावकारिता कस्तो रहन्छ ? भन्ने विषयमाथि आवश्यक अनुसन्धान गरिनु उपयुक्त रहन्छ ।
कोभिड–१९ जोखिम कम गर्नका लागि भिटामिन डिको महत्व
भिटामिन डि शुरुवाती दिन अर्थात्, लामो समयदेखि नै एन्टिभाइरल प्रभावकारी संयन्त्रलाई सघाउ पु¥याउने भिटामिनको रुपमा परिचित रहेको छ । यसमा माइक्रोबायल (सुक्ष्मजिवाणु) पेप्टाइड्स तथा अटोग्राफी(शरीरको आफ्नै टिस्यु खपत गर्ने) दुवै तत्व समावेश भएको हुन्छ । यस्तै, भिटामिन डिलाई शरीरको नियमितता एवम् प्रतिरक्षा स्वास्थ्य सुधारका लागि पनि अत्यन्त महत्वपुर्ण मानिन्छ ।
अर्काे शब्दमा भन्नुपर्दा, शरीरका विभिन्न अंगहरुलाई सुन्निनबाट बचाउन तथा नियमित प्रतिरक्षा संयन्त्रलाई सक्रिय गराउनमा यसको भुमिका महत्वपुर्ण रहन्छ । यी प्रतिरक्षा संयन्त्र हाम्रो शरीरलाई अन्य रोग तथा संक्रमणहरु बाट बचाउनका लागि अग्र स्थानमा रहेका हुन्छन् ।
यसैगरि, ठिक यसको विपरित भिटामिन डिको स्तर कमी भएमा शरीरमा विभिन्न रोग, संक्रमण तथा प्रतिरक्षा प्रणालीका विकारहरु देखिन थाल्छन् ।
उदाहरणका लागि प्रायजसोः भिटामिन डिको कमीका कारण व्यक्तिमा प्रत्यक्ष रुपमा क्षयरोग, दम तथा सिओपिडि (क्रोनिक अब्सट्रक्टिभ डिजिज) जस्ता विविध किसिमका श्वासप्रश्वास सम्बन्धिका रोगहरु जस्तोः देखापर्दछ ।
तसर्थ यस्ता तथ्यले पनि के पुष्टि गर्छ भने, शरीरमा देखिने श्वासप्रश्वास सम्बन्धिका विविध रोगहरु विरुद्व लड्नका लागि पनि हाम्रो शरीरमा भिटामिन डिको स्तर स्वस्थ रहन आवश्यक पर्दछ । यसर्थ यसले पनि कोभिड–१९ का घातक परिणामहरुलाई रोक्नका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्छ भन्ने विचारलाई अझ प्रस्ट पारेको छ ।
के भन्छ त पछिल्ला अध्ययनहरुले?
भिटामिन डि शरीरका लागि अत्यावश्यक तत्व भएता पनि बिरामीहरुमा यसको महत्वप्रतिको ज्ञान कम अथव ासिमित नै रहेको देखिन्छ ।
तर, भर्खरै मात्र गरिएको पछिल्लो अध्ययनल े भिटामिन डिले सार्स–कोभ–२(कोभिड–१९)संक्रमणका कारण नाकका इपिथायल कोषिकामा २५(ओएच) डि(स्टेरोइड हार्माेन अथवा भिटामिन डिको सक्रिय जैविक मेटाबोलाइट) मा संक्षिप्त रुपमा निरोधात्मक प्रभाव पार्ने देखाएको छ ।
यसबाहेक भिटामिन डिले विभिन्न श्वासप्रश्वास संक्रमण विरुद्व प्रतिरक्षा रोगसम्बन्धिको प्रतिक्रियालाई नियमित गराउने गरेको समेत देखाएको छ । यस्तै अर्काे अध्ययनबाट के पनि पुष्टि भएको छ भने, रगतमा भिटामिन डिको स्तर उपयुक्त रहेमा यसले कोभिड–१९ बाट व्यक्तिमा पर्ने प्रतिकुल प्रभाव एवम् यसबाट देखिने घातक परिणामलाई कम गराउन मद्दत गर्छ ।
२५(ओएच) डिको मात्रा शरीरमा ३० एनजी÷एमएल रहमा त्यसलाई भिटामिन डिको मात्रा उचित अवस्था रहेको मानिन्छ । यसबाहेक ४० वर्षभन्दा माथिका उमेर समूहमा भिटामिन डिको उचित स्तरले अर्धचेत हुने, हाइपोक्सिया तथा मृत्यु हुनेजस्ता गम्भीर स्वास्थ्य अवस्थाको सम्भावनालाई कम गराउँछ ।
यसैगरि, कैयौँं युरोपिन राष्ट्रहरुमा गरेको यसप्रकारको अध्ययनले २५(ओएच) डिको सन्दर्भमा रहेको राष्ट्रिय अनुमान अनुरुप २५(ओएच) डिका सम्बन्ध बायोमार्कर तथा कोभिड–१९ संग जोडिएको संवेदनशिलता, गम्भीरता एवम् मृत्युदरबीच समानान्तर सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।
यसबाहेक भर्खरै मात्र गरिएको अध्ययनले पनि के देखाएकोे छ भने, १४ राष्ट्रमा उपयुक्त भिटामिन डि पूरकको सेवन गरिरहेका ११ हजार ३ सय २१ व्यक्तिहरुमा तीव्र श्वासप्रश्वासजन्य संक्रमण(एआरआई) जोखिमको सम्भावनालाई कम गराएको छ ।
अन्ततः कोभिड–१९ का प्राणघातक परिणामका जोखिमलाई कम गर्नका लागि भिटामिन डि एक उपयुक्त वरदानको रुपमा सावित हुन सक्दछ ।
कोरोनाको यस महामारीमा भएका मृत्युदरलाई नियाल्ने हो भने, तीमध्य अधिकांश व्यक्तिहरु निमोनियाजस्ता श्वासप्रश्वास सम्बन्धिका रोगबाट शिकार भएका व्यक्ति समूह रहेको देखिन्छ ।
भिटामिन डि पूरक उपभोगका चुनौतीहरु के–के हुन् त?

कोभिड–१९ बिरामीहरुमा भिटामिन डि पुरकहरुको स्तर उचित राख्नका लागि सबैभन्दा पहिलो चुनौती भनेकै बिरामीहरुले हाइपर– इन्फ्लेटरीको गम्भीर अवस्थामा पुगेपछि मात्रै स्वास्थ्य उपचारको खोजी गर्नु हो ।
त्यस्तै, सुक्ष्म– पोषक तत्व भिटामिन डि तथा डेक्सामेथासन(स्टाण्डर्ड एन्टि इफ्लेटरी) जस्ता वृहत् पोषक तत्व स्वास्थ्य प्रदायकहरु गम्भीर रोगहरुमा प्रयोग गरिदा यसको सकरात्मक परिणाम सहजै देखा नपर्नुलाई भने यसको अर्काे चुनौतीको रुपमा लिइन्छ ।
साइटोकाइन स्ट्रोम र कोभिड–१९
यसैगरि, शरीरमा भिटामिन डि को कमी हुनु भनेको कोभिड–१९ का लक्षण देखा परेको गम्भीर बिरामीलाई अझ बढि घातक हुनसक्ने ‘साइटोकाइन स्ट्रोम’ लाई बढावा दिनु हो ।
संक्षिप्तमा भन्नुपर्दा, साइटोकिन्स प्रोटिन त्यस्ता प्रोटिन हुन्, जसमा एन्टि–इन्फ्लेमेटरी गुणहरु हुन्छन् । परिणाम स्वरुपः यसले आफ्नो प्रतिरक्षा प्रणालीलाई नियमितता प्रदान गर्दछ । तर, ‘साइटोकिन स्ट्रोम’ भन्नाले अनियन्त्रित, काम नलाग्ने तथा प्रो–इन्फ्लेमेटरी साइटोकिन्सको अत्याधिक निष्काशन गर्ने अवस्थालाई जनाउँछ । जसले टिस्युमा क्षति पु¥याउँदै रोगको वृद्वि तथा गम्भीरतालाई बढाउने सम्भावना उच्च रहन्छ ।
यसप्रकारको ‘साइटोकिन स्ट्रोम’ भिटामिन डिको कमीसंग सम्बन्धित रहन्छ भने, संक्रमण कालको समयमा व्यक्तिमा यसको प्रतिकुल प्रभाव पर्ने सम्भाव्यता समेत रहन्छ ।
जस्तो उदाहरणका लागि कोभिड–१९ संक्रमितबाट लिइएका रक्त नमुनाहरुमा विशेषगरी इन्टरलुकिन–१ (आइएल–१) तथा इन्टरलुकिन–६ (आइएल–६) गरी साइटोकिन्सको मात्रा अधिक रहेको पाइएको थियो ।
तसर्थ यसकारण पनि भिटामिन डिको कमी साइटोकिन स्ट्रोम बढाउनका साथसाथै प्रतिरक्षा प्रणालीको क्षमतालाई कम गराउँदै कोभिड–१९ संक्रमितलाई प्रतिकुल असर पु¥याउँछ भनेर दाबी समेत गर्न सकिन्छ ।
यस्त,ै यसको विपरित भिटामिन डिको उचितले पूरकले भने यसको कमीका कारण देख्न सक्ने गम्भीर परिणामलाई नकार्दै कोभिड–१९ संग सम्बन्धित जोखिमलाई कम गर्न मद्दत गर्दछ ।
शरीरमा भिटामिन डिको मात्रा कति उचित हो त?
शारीरिक संरचना अनुसार, रगतमा भिटामिनको डिको मात्रा ३०–६० एनजी÷एमएल बीच रहनु नै उचित स्तर हो । अथवा, अन्य एकाई अन्र्तगत भने यसलाई ७५–१५० एनएमओएलमा मापन गरिन्छ ।
तसर्थ दैनिक रुपमा प्रयोग गरिने भिटामिन डि को पूरक अधिकांश व्यक्तिका लागि १ हजारदेखि ४ हजार आईयु पर्याप्त मानिन्छ । संक्षिप्तमा भन्नुपर्दा, साइटोकिन त्यस्तो प्रकारको प्रोटिन हो, जसमा शरीरको प्रतिरक्षा प्रणालीलाई नियमित गर्नका लागि प्रो अथवा एन्टि इन्फ्लेमेटरीमध्ये एक गुण रहेको हुन्छ ।
यद्यपि निश्चित रुपमा भिटामिन डिको स्तर अत्यन्त न्युन भएका व्यक्तिहरुका हकमा भने उचित स्तरमा ल्याउनका लागि यसको आवश्यकता अझ केहि बढि मात्रामा पर्न सक्छ ।
यसैगरि, युकेमा स्वस्थ व्यक्तिको हाड एवम् मांसपेशीका लागि यहाँका राष्टिय स्वास्थ्य दिशानिर्देशले उचित भिटामिन डि प्राप्त गर्नका लागि प्रतिदिन ४०० आईयु÷ तोकिएको थियो । जबकी अमेरिकामा भने यसको मात्रा प्रतिदिन ६००–८०० आईयु तोकिएको छ ।
भिटामिन डि कसरी प्राप्त गर्न गर्न सकिन्छ ?
दैनिक रुपमा भिटामिन डि प्राप्त गर्ने सस्तो एवम् सहज उपयुक्त माध्यम भनेकै घाममा समय व्यतीत गर्नु हो । यसकारण पनि घामलाई ‘सनसाइन भिटामिन’ पनि भन्ने गरिन्छ ।
त्यस्तै, हामीले सहजै प्राप्त गर्न सक्ने घामलाई पोषक तत्वको उपयुक्त स्रोत समेत मानिन्छ । किनकी हाम्रो छालामा भिटामिन डि प्रदान गर्ने एक किसिमको कोलेस्टोर रहेको हुन्छ । जुन, घामको किरण(युभी–बी) को सम्पर्क आएको खण्डमा स्वतः भिटामिन डिमा परिवर्तन हुन्छ ।
यसबाहेक सुर्यको किरणबाट पैदा भएका भिटामिन डि हाम्रो रगतमा पूरक अथवा खाद्य पदार्थहरुको सेवनको तुलनामा दुई गुणा बढि प्रसारित हुने गर्दछ ।
यसैगरि, प्राप्त भिटामिनले व्यक्तिको छालामा आउने चमकलाई समेत प्रभावित गर्दछ ।
यद्यपि समान रुपमा भिटामिन डि प्राप्तिका लागि गाढा अथवा कालो वर्ण भएका व्यक्तिको छालामा भिटामिन डिको उत्पादनमा अवरोध पु¥याउने ‘मेलानिन पिग्मेन्ट’को मात्रा बढि हुने भएकाले यस्ता व्यक्तिले तुलनात्मक रुपमा सेतो छालाहरु भएको व्यक्तिहरु भन्दा बढि समय घाममा आफ्नो समय व्यतीत गर्नुपर्ने हुन्छ ।
सारांश
भिटामिन डिको पुरकले मात्रै कोभिड–१९ संक्रमणबाट बचाउँछ भन्नु गलत हो । यद्यपि शरीरमा भिटामिन डिको स्तर ने व्यक्तिमा कोरोना संक्रमण देखिए पनि तुलनात्मक रुपमा त्यस्ता व्यक्तिहरुलाई सो संक्रमणको प्रतिकुल असर कम देखिने सम्भावना उच्च रहन्छ भनेर सोच्नु भने बुद्विमानी रहन्छ ।
यसर्थ आफ्नो रगतमा उपयुक्त मात्रामा भिटामिन डिको स्तर रहेको छ वा छैन भन्ने सम्बन्धमा व्यक्ति जानकारक रहनु अत्यावश्यक रहन्छ । यसको अत्यावश्यक पोषक तत्वले व्यक्तिलाई कोरोना महामारीको यस जोखिम कम गर्नमा अत्यन्तै सघाउ पु¥याउँछ ।
तसर्थ आफ्नो शरीरमा भिटामिन डिको कमी भएका व्यक्तिहरुले घामबाट यसको पुरक परिपूर्ति गर्नुपर्दछ ।