क्लिनिक वान अब भक्तपुरमा पनि – प्रेस रिलिज २/१६/२०२२

Last updated on February 18th, 2022 at 02:18 pm
विगत छ वर्ष देखि अन्तरास्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गरिरहेको Clinic Oneले आफ्नो दोस्रो केन्द्र भक्तपुरमा संचालन गरेको छ |
आधुनिक उपकरण, विज्ञ स्वास्थ्यकर्मी, सफल व्यवस्थापन र वुटिक क्लिनिकको अवधारणा सहित, भक्तपुरको सुर्यविनायक रामदेवी कम्प्लेक्सको चौथो तल्लामा खोलिएको छ ।

यस क्लिनिकमा निम्न सेवाहरु संचालनमा छन्:
- विशेषज्ञ डाक्टर परामर्श
(Specialized Doctor Consultation) - सम्पूर्ण शरीर परिक्षण
(Full Body Checkup) - खोप (Vaccines)

- आँखा जाँच
- दाँत परिक्षण
- भिडियो एक्स रे (Ultrasound)
- एक्सरे (X-Ray)
- PFT
- ECHO
- ECG
- Pharmacy

- Lab
- बिरामीहरुको सहज र सुविधाको लागि online booking, साथै घरमा परामर्श सेवा तथा अन्य सेवाहरु लिन सकिन्छ ।
काठमाण्डौ उपत्यकाको पूर्वी क्षेत्रमा बसोबास गर्नेहरुको लागि लक्षित भएर खोलिएको हुँदा, धेरैले समयमा नै गुणस्तरीय सेवा सहज रुपमा पाउन सक्नु हुनेछ |

अझै पनि सानो स्वास्थ्य सेवाको लागि काठमाण्डौ र ललितपुर गइरहने यो क्रमलाई २० देखि ३०% ले कम गरौँ र पछि हाम्रो जस्तै स्वास्थ्य केन्द्रहरु खोल्न अरुलाई पनि प्रेरणा र आँट मिलोस् भन्ने हेतुले यो ठाउँमा खोलिएको यसको प्रबन्ध निर्देशक सन्तोष पौडेलले जानकारी दिनु भयो ।
भाती दिनहरुमा पनि यस्ता केन्द्रहरु काठमाण्डौ लगायत देशको अन्य ठाउँमा खोल्ने योजना रहेको जानकारी दिनु भयो |