ग्यास्ट्राईटिस: कारण, जोखिम तथा रोकथामका उपाय
Last updated on May 7th, 2024 at 11:55 am
पेटका लाईनिङ (अस्तर)हरुमा जलन, सुजन एवम् क्षयका कारण उत्पन्न हुने समस्या नै ग्यासट्राईटिस हो । स्वास्थ्य अवस्था अनुसार, व्यक्तिमा यसको अवधि छोटो(तीव्र) वा लामो(क्रोनिक) दुवै रुपमा देखापर्दछ ।
चिकित्सा विज्ञहरुले गरेको सर्वेक्षण अनुसार, यस समस्याले महिला र पुरुष दुवै गरेर विश्वभर विकान्सोमुख देशका कुल ५०.८ प्रतिशत र विकसित देशका ३४.७ प्रतिशत जनतालाई सताएको देखिन्छ ।
यसैगरि, नेपाल पनि यसबाट अछुत रहन सकेको छैन । यहाँका युवादेखि वृद्वसम्मका थुप्रै जनसंख्या यस समस्याको सिकार भएको देखिन्छ । तथापि यस रोगको सबल पक्ष के हो भने, उचित औषधीको सेवन तथा जीवनशैलीको परिवर्तनबाट मात्रै पनि यसको निदान/निर्मुलीकरण गर्न सकिन्छ ।
के ग्यासट्राईसिटस संक्रामक (सरुवा) रोग हो ?
होइन । यो रोग एकबाट अर्काे व्यक्तिमा सर्दैन । तर, यस रोगको प्रमुख कारण ब्याक्टेरिया (एच पाइलोरी) भने एकबाट अर्काेमा सर्नसक्छ । यसकारण पनि हामीले खानुअघि आफ्ना हातसँगै खानेकुरा पनि राम्ररी पखाल्ने बानी बसाल्नुपर्छ ।
नोटः हामीले पिउने अथवा अन्य उद्देश्यका लागि पानीको प्रयोग गर्नुअघि कुनै पनि माध्यमबाट पानी शुद्विकरण गर्नुपर्छ ।
ग्यासट्राईटिसका कारणहरु
ग्यासट्राईटिसका केहि सामान्य कारणहरुलाई निम्न प्रकारले सुचीबद्व रुपमा व्याख्या गरिएको छ :
- अत्याधिक मदिरा सेवनले पेटका भित्ताहरुमा क्षय निम्त्याउन सक्छ । तसर्थ मदिराको अत्याधिक सेवनले पनि व्यक्तिमा ग्यासट्राईटिसका समस्या निम्त्याउँछ ।
- ब्याक्टेरियल संक्रमण ( एच. पाइलोरीजस्ता वा अन्य) ले पनि ग्याईट्राटिसको सम्भावना बढाउँछ ।
- पित्त पछाडि सर्दा ।
जस्तै: शरीरमा फ्याट बढाउने खानेकुरा पचाउनका लागि पेटले पित्तको उत्पादन गर्दछ ।
तर, यदि सो पित्त सानो आन्द्रामा नभई पेटमा नै फर्किएको खण्डमा यसले पनि व्यक्तिमा ग्यासट्राईटिसको जोखिमलाई बढावा दिन्छ ।
- केहि विशेष औषधीको सेवनले पेटको अस्तरमा दुस्प्रभाव बढाउँछ र, व्यक्तिमा ग्यास्टाइटिसको समस्या पैदा गर्न सक्छ ।
- शरीरमा चोटपटक लाग्दा पनि त्यसले व्यक्तिमा ग्यास्ट्राईटिसको जोखिमलाई बढाउँछ ।
यद्यपि यसका लागि चोटपटक पेटमा नै हुनुपर्छ भन्ने आवश्यक हुदैँन ।
अर्थात्, पेटमा मात्रै नभएर अन्य भागमा भएका चोटपटक (जस्तै जलन तथा मस्तिष्कको चोटपटक) ले पनि व्यक्तिमा ग्यासट्राइटिस हुने सम्भावना बढ्छ ।
- कहिलेकाहीँ शरीरको प्रतिरक्षा प्रणालीले पेटको अस्तरमा आक्रमण समेत गर्नसक्छ । तसर्थ त्यस्तो अवस्थाका पनि व्यक्तिमा ग्यासट्राईटिस देखा पर्दछ ।
ग्याइट्राइटिसका उच्च जोखिम समूह
निम्नमध्ये कुनै एक वा सबै वर्गमा पर्ने व्यक्तिहरुमा ग्यासट्राइटिसको जोखिम अन्यको तुलनामा अधिक हुन्छ:
- ब्याक्टेरियाले गम्भीर वा कमजोर बनाउने व्यक्तिहरु (यसका लागि एच. पाइलोरी ब्याक्टेरिया मात्रै जिम्मेवार हुन्छ भन्ने हुदैँन ।)
- पेटको अस्तर, प्रतिरक्षा प्रणालीका साथै बढ्दो उमेरका क्रममा व्यक्ति मोटो, दुब्लो अथवा कमजोर हुदैँ जानु (यी समूह ग्यासट्राइटिसका औषधी सेवन गर्नुपर्ने अवस्थाका सम्भावित व्यक्तिहरु हुन् ।)
तसर्थ पाको उमेरका व्यक्तिमा ग्यासट्राईटिसको सम्भावना उच्च रहन्छ ।
- अत्याधिक मध्यपान गर्ने व्यक्तिहरु
- शारीरिक तनावबाट ग्रसित समूह(जस्तै: संक्रमण तथा चोटपटक लागेका व्यक्तिहरु)
- अटो इम्यून डिसअर्डर भएका समूहहरु आदि ।
ग्यासट्राईटिसका लक्षणहरु
उसो त ग्यासट्राईटिसका सन्दर्भमा यसका लक्षणहरु नदेखिएका व्यक्तिहरुका केश पनि दर्ता भएको पाइन्छ ।
यद्यपि अधिकांशमा देखिने साझा लक्षणहरु भने निम्न रहेका छन् :
- वाक्वाकी लाग्नु/अपच हुनु/बान्ता हुनु
- भोक नलाग्नु
- पेटको माथिल्लो भाग पोल्नु/दुख्नु(पीडा हुनु)
- कालो दिसा हुनु
- खानापछि वा खादाँँखादैँ पेट भरिएको वा टन्न भएको महशुस हुनु
- रगतको बान्ता हुनु
- शरीरको तौल स्वतः घट्दै जानु आदि ।
कस्तो अवस्थामा डाक्टरलाई देखाउने ?
माथि उल्लेखित जोखिम समूहमा पर्ने व्यक्ति र प्रस्तुतमध्ये कुनै एक वा सबै लक्षणहरु हप्तादिन वा सोभन्दा बढिदेखि आफुले महशुस गरेका व्यक्तिहरुले चिकित्सकको सल्लाह लिनुपर्दछ।
तर, त्यसमा पनि कालो वा रगतयुक्त दिसा आउने तथा रगतको बान्ता हुने व्यक्तिहरुले भने अनिवार्य रुपमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्दछ ।
[clincic_appointment_button type=’appointment’ title=’ग्यास्ट्राईटिस: कारण, जोखिम तथा रोकथामका उपायहरु – Gastroenterologist Appointment’]