निमोनिया (Pneumonia) बारे जान्नै पर्ने महत्वपुर्ण कुराहरु
निमोनिया (Pneumonia) भनेको एक किसिम को फोक्सोको infection ले गर्दा लाग्ने रोग हो। यसले ज्वोरो, खोकी र स्वास प्रस्वासमा समस्या ल्याउछ। यो रोग Bacteria, Virus र Fungi को कारण ले लाग्ने गर्छ। जोकोहीलाई पनि याे रोग लाग्न सक्छ तर 2 वर्ष मुनिका र 65 वर्ष वा सो भन्दा बढी उमेरका वयस्कहरू, केही जटिल स्वास्थ्य अवस्था भएकाहरु र धुम्रपान गर्ने मानिसहरू यसको उच्च जोखिम हुन्छन् ।
निमोनिया (Pneumonia) का कारणहरू के-के हुन् ?
धेरैजसो निमोनिया हामीले सास फेर्ने हावा मा व्याप्त ब्याक्टेरिया तथा भाइरसका कारण ले हुन्छन्।
- ब्याक्टेरिया
- स्ट्रेप्टोकोकस निमोनी (Streptococcus pneumoniae) – याे धेरैजसो भेटिने निमोनिया को कारक ब्याक्टेरिया हाे ।
- माइकोप्लाज्मा निमोनी (Mycoplasma pneumoniae)
- स्ट्रेप्टोकोकस औरस (Streptococcus aureus)
- क्लेब्सिएला निमोनी (Klebsiella pneumoniae)
- स्युडोमोनाज एरुजिनोजा (Pseudomonas aeruginosa)
- क्षयरोग गराउने ब्याक्टेरिया (Mycobacterium tuberculosis)
- भाइरस :
- इन्फ्लुएन्जा भाइरस जसले धेरैजसाे रुघाखोकी र कहिलेकाहीं निमोनिया पनि गराउँछ।
- RSV नाम को भाइरस जसले पाँचवर्ष मुनि का बच्चाहरुमा ब्रोन्कियाेलाइटिस भन्ने भाइरल निमोनिया गराउँछ ।
- फन्जाई
- माटो तथा चराचुरुङ्गीको विष्टा मा पाइने फन्जाई (हिस्टोप्लाज्मोसिस, एस्पर्जिलोसिस)
- अपेक्षाकृत रुप ले नभेटिने भए पनि लामो समय देखि का रोगी र प्रतिरोध शक्ति क्षीण भएका मानिसमा भेट्न सकिन्छ ।
के निमोनिया (Pneumonia) सरुवा रोग हो? यदि हो भने, यो एक व्यक्तिबाट अर्को व्यक्तिलाई कसरी सर्छ?
केहि ब्याक्टेरियाकाे संक्रमणबाट लाग्ने निमोनिया (Pneumonia) चाहिँ बिरामीले खोक्दा, बोल्दा वा हाच्छ्युँ गर्दा मुखबाट निस्किने droplets हरु बाट सजिलै अरुलाई सर्न सक्छ।
निमोनिया (Pneumonia) हुँदा कस्तो लक्षण देखा पर्छ?
निमोनिया (Pneumonia) हुँदा निम्न लक्षणहरू देखा पर्न सक्छन्:
- खोकी लाग्ने
- छाती दुख्ने
- ज्वरो आउने
- जाडो हुने
- थकान महसुस हुने
- वृद्धहरुमा भने अलमल्ल हुने लक्षणहरु देखा पर्न सक्छ
- विशेष गरी बच्चाहरुमा वाकवाकी र वान्ता हुने गर्छ
यदि कसैलाई माथि दिइएका मध्ये कुनै वा सबै लक्षणहरू महसुस भएकाे छ भने, तुरुन्तै डाक्टरसँग परामर्श लिन जरुरी छ।निमोनियालाई प्रभावकारी रूपमा रोक्न वा निको पार्न अत्यन्त आवश्यक छ, विशेष गरी बृद्ध र बालबालिकाका लागि।
निमोनिया (Pneumonia) लाग्ने सबै भन्दा धेरै सम्भावना कसलाई हुन्छ ?
- Immune system कमजोर भएका व्यक्तिहरुमा निमोनिया (Pneumonia) लाग्ने सम्भावना धेरै हुन्छ।
- फोक्सो र मुटुको रोग लागेका व्यक्तिहरुलाई निमोनिया (Pneumonia) लाग्ने सम्भावना धेरै हुन्छ।
- २ वर्ष देखि मुनिका बालबालिकाहरुमा र ६५ वर्ष देखि माथिका उमेर समूहका व्यक्तिहरुमा निमोनिया (Pneumonia) लाग्ने सम्भावना धेरै हुन्छ।
- चुरोट खाने व्यक्तिहरुमा पनि निमोनिया (Pneumonia) लाग्ने सम्भावना धेरै हुन्छ।
निमोनिया (Pneumonia) Vaccine क-कसले लगाउन जरुरी छ ?
- २ वर्ष मुनिका बालबालिका र ६५ वर्षभन्दा माथिका वृद्ध-वृद्धाले आफ्नो चिकित्सकसँग परामर्श लिएर Pneumonia Vaccine लगाउनैपर्ने हुन्छ।
- स्वास्थ्य समस्या भएका २ वर्ष देखि ६५ वर्ष सम्मका व्यक्तिहरू
- Immune system कमजोर भएका व्यक्तिहरु
- चुरोट खाने सबै जनाले पनि यो vaccine लगाउन जरुरी छ।
- स्वास-प्रस्वास मा समस्या भएका व्यक्तिहरु, मुटुका बिरामीहरु, र किड्नीका बिरामीहरुले यो vaccine लगाउन जरुरी छ ।
- वेल्डर जस्तो पेशागत रूपमा जोखिमपूर्ण क्षेत्रमा काम गर्ने व्यक्तिहरू।
यसबाट बच्न वा जोगिनका लागि निमोनिया (Pneumonia) विरुद्धको खोप लगाउनुपर्छ। फ्लू र HIV/AIDS विरुद्धको खोपले पनि निमोनियालाई रोक्न सक्छ किनभने फ्लू र HIV/AIDS ले पनि निमोनिया हुन सक्छ।
निमोनिया (Pneumonia) काे खोप सबैले नै लगाउनुपर्छ र सबैभन्दा जाेखिम अवस्थामा भएका मानिसहरू (जस्तै वृद्ध, बालबालिका वा जटिल स्वास्थ्य समस्या भएका मानिसहरूले) त झन याे खाेप अनिवार्य लगाउनुपर्छ।
निमोनिया (Pneumonia) Vaccine किन लगाउने ?
खोप लगाउनाले बालबालिका तथा वयस्कहरू दुवैलाई न्युमोकोकल रोगबाट बचाउन सकिन्छ । न्युमोकोकल रोग व्यक्ति-व्यक्ति बीचको नजिकको सम्पर्कबाट सर्ने जीवाणुबाट लाग्छ । यसले कानको संक्रमणहरू निम्त्याउँछ र यसले थप गम्भीर संक्रमणहरूलाई पनि निम्त्याउन सक्छ, जस्तै:
- फोक्सोहरूमा निमोनिया,
- रगतमा ब्याक्टेरिमिया र
- मस्तिष्क तथा मेरूदण्ड कर्डको बाहिरी भागमा मेनिन्जाइटिस।
न्युमोकोकल मेनिन्जाइटिसले बहिरोपना र मस्तिष्कको खराबी सम्बन्धी रोगहरू निम्त्याउन सक्छ र यसबाट संक्रमित १० जना बच्चा मध्य १ जनाको मृत्यु हुन्छ।
निमोनिया (Pneumonia) Vaccine क-कसले लगाउन मिल्दैन ?
- Vaccine मा भएको components हरुको Allergy भएका व्यक्तिहरुले यो vaccine लगाउन मिल्दैन।
- जटिल समस्या भएका व्यक्तिहरुले यो vaccine लगाउन मिल्दैन।
- गर्भवती भएकाे अवस्थामा पनि याे vaccine लगाउन मिल्दैन।
निमोनिया (Pneumonia) बाट बच्नको लागि के के गर्नु पर्छ?
१. इन्फ्लुएन्जा तथा निमोनिया विरुद्धको खोप लगाउनुपर्छ।
२. धुम्रपान गर्नुहुँदैन।
३. विशेष गरी संक्रमित ठाउँहरूमा गएपछि हात धुनुपर्छ।
४. नियमित व्यायाम गर्नुपर्छ।
५. स्वस्थ्य र सन्तुलित आहार खानुपर्छ।
छ. धेरै मात्रामा मदिरा सेवन गर्नु हुदैन।
निमोनिया (Pneumonia) vaccine कता उपलब्ध छ?
निमाेनिया भ्याक्सिन क्लिनिक वानमा उपलब्ध छ ।
Request an Appointment for Pneumonia Vaccine at Clinic One >>>
[clincic_appointment_button type=’appointment’ title=’ Pneumonia Vaccine at Clinc One’]
Pneumonia Vaccine लिन क्लिनिक वान नै किन रोज्ने त?
- पूर्ण खोप केन्द्र – (बालबालिका, विद्यार्थी, वयस्क र यात्रुहरूका लागि)
- अनुभवी स्वास्थ्य कर्मीहरू हुने भएकोले
- अन्तर्राष्ट्रिय प्रमाणित खोप कार्ड पाइने भएकोले
- अन्तर्राष्ट्रिय/राष्ट्रिय विश्वसनीय खोप केन्द्र भएकोले
- पूर्ण डिजिटाइज्ड रेकर्ड प्रणाली भएकोले
- गुणस्तरीय कोल्ड चेन कायम राखिने भएकोले
- घरमै आएर भ्याक्सिन लगाइ दिने सेवा उपलब्ध हुने भएकोले
क्लिनिक वानमा Pneumonia Vaccine लगाउनकाे लागि Appointment लिन के गर्नुपर्छ ?
क्लिनिक वानमा Pneumonia Vaccine लगाउनकाे लागि Appointment लिन, हाम्राे Vaccine Hotline Number: 9861966614 वा 01-5400400 मा सम्पर्क गरी खबर गर्न सक्नुहुन्छ। हजुरहरूले हाम्राे क्लिनिकाे E-mail वा Social media मार्फत पनि हामीलाइ सम्पर्क गर्न सक्नुहुन्छ।
हामीले हजुरहरूकाे घरमै आएर पनि निमाेनिया भ्याक्सिन लगाइदिने सेवा दिदैँ आएकाे छौँ।
निष्कर्ष
निमोनिया भनेको विभिन्न किसिम का जीवाणु द्वारा हुने फोक्सो को संक्रमण हो जस्ले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ। यसकाे रोकथाम गर्न सजिलाे छ र प्रारम्भिक पनि छ।
निमोनियाबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेकाे यसको विरुद्ध खोप लगाउनु नै हो। PCV13 नामक न्युमोकोकल खोपले 13 प्रकारका न्युमोकोकल जीवाणयुबाट संरक्षण गर्छ । खोप लगाउँनु भनेकाे, यसले गर्दा हुने अरू जटिलताहरूकाे पनि राेकथाम गर्नु हाे । त्यसैले बेलैमा खाेप लगाउँनुहाेस् र निमाेनियाबाट सुरक्षित हुनुहाेस् ।
References: https://drlogy.com/day/world-pneumonia-dayPneumoniahttps://www.who.int/news-room/fact-sheets/detail/pneumonia https://www.thoracic.org/patients/patient-resources/resources/top-pneumonia-facts.pdfनिमोनिया (Pneumonia)https://www.immunize.org/vis/nepali_pcv13.pdf