यसकारण देखिन्छ मिर्गाैला पत्थरी (Kidney Stone), के हो उपचार ?

मिर्गाैला पत्थरी को उपचार नेपालमा

Last updated on September 12th, 2021 at 09:36 am


मानवीय शरीरमा प्रत्येक अंगको आफ्नै विशेष महत्व रहेको छ । जसमध्ये मिर्गाैला पनि एक हो ।

शारीरिक संरचना अनुसार, हाम्रो शरीरमा दुई ओटा मिर्गाैला रहेका हुन्छन् र, यसको प्रमुख काम भनेकै शरीरमा पिसाब उत्पादन गर्नु हो ।

मिर्गाैलाले हाम्रो शरीरमा रहेका अनावश्यक तथा काम नलाग्ने उत्पादन एवम् अतिरिक्त तरल पदार्थलाई पिसाबको रुपमा शरीरबाट बाहिर निकाल्ने काम गर्दछ ।

यसरी विशेष कार्यप्रणाली निर्वाह गर्ने मिर्गाैला शरीरका अन्य अंगहरु जस्तै स्वस्थ रहन उत्तिकै आवश्यक छ ।

तर, वर्तमान समयमा विविध कारणवश् अधिकांश व्यक्तिमा मिर्गाैला सम्बन्धि विभिन्न समस्याहरु देखिन थालेका छन् ।

जसमध्ये पनि मिर्गाैला पत्थरी (किड्नी स्टोन) को समस्या आमव्यक्तिमा अधिक देखिएको पाइन्छ ।


के हो मिर्गाैलामा हुने पत्थरी (Kidney Stone)?


विविध कारणवश् मिर्गाैलामा एक अनियमित आकारको ठोस वस्तु जम्मा हुनु वा जम्नुलाई नै मिर्गाैला पत्थरी भनिन्छ । हेर्दा यो स–साना ढुङ्गाजस्ता देखिन्छन् ।

चिकित्सा क्षेत्रअन्र्तगत ‘नेफ्रोलिथियसिस’ पनि भनिने यस पत्थरी विशेषगरी किड्नी(मिर्गाैला), मूत्राशय(ब्लाडर), मूत्रमार्ग(युरेथ्रा) र मूत्रवाहिनी नली(युरेटर) मध्ये जुनसुकै भागमा पनि देखिन सक्छ ।

यसरी जमेको पत्थरी शुरुवाती क्रममा स–साना तथा मसिनो ढुङ्गाको रुपमा देखिए पनि समयमै उपचारको अभावमा अथवा शरीरबाट बाहिर निष्काशन नभएको खण्डमा क्रमशः बढ्दै जान्छ र, परिणामस्वरुप व्यक्तिमा समस्या उत्पन्न गराउँछ ।


क्लिनिक वानका नेफ्रोलोजिस्ट संग अपोइण्टमेन्ट लिनुहोस् >>>


मिर्गाैला पत्थरी अनुपात (Kidney to Stone Ratio)


आम व्यक्तिमा साझा रुपमा देखिने समस्यामध्ये एक रहेको पत्थरीले बालक, युवा तथा वृद्व जुनसुकै उमेर समूहलाई पनि सताएको देखिन्छ ।

यद्यपि तुलनात्मक रुपमा बालबालिकाभन्दा वयस्कहरु यसबाट बढि शिकार हुने गरेका छन् ।

विज्ञहरुका अनुसार, प्रत्येक १० व्यक्तिमध्ये १ जना मिर्गाैला पत्थरीको समस्याबाट ग्रसित हुन्छन् ।


मृगौलामा पत्थरी (Kidney Stone) हुने कारणहरु


सामान्यतयाः गलत खानपिनलाई नै मिर्गौला पत्थरीको मुख्य कारक तत्व मानिन्छ । व्यक्तिको खानामा समावेश हुने यस्ता निम्न खाद्यवस्तु तथा तत्वहरुले पत्थरीलाई प्रोत्साहन गर्दछ:

  • पानी तथा तरल पदार्थको कम सेवन
  • अत्याधिक एनिमल प्रोटिन अर्थात्, मांसाहारको सेवन
  • रिफाइन सुगर(कृत्रिम रुपमा तयार पारिएको चिनी) को प्रयोग
  • अधिक सोडियम वा नुनको सेवन
  • पत्थरी बढाउने आहारको सेवन । जस्तोः अंगुर तथा स्याउको जुस, गेडागुडी माछालगायत उच्च प्रोटिनयुक्त आहारको अत्याधिक सेवन ।
  • यस्तै, खानपिन बाहेक अन्य केहि त्यस्ता मेडिकल अवस्थाहरु पनि छन्, जसलाई पनि व्यक्तिमा पत्थरी हुनुपछाडिको उत्तिकै जिम्मेवार पक्षको रुपमा लिइन्छ
  • अन्य मेडिकल कन्डिशनहरु
    • जन्मजात रुपमै मेटाबोलिज्मको असन्तुलन देखिनु
    • हाइपर थाइराइटिज्म
    • रेनल ट्युब्लर एसिडोसिस
    • उच्च तौल तथा मोटोपना
    • उच्च रक्तचाप तथा मधुमेह
    • र, आणुवंशिक ।


आफूलाई मिर्गाैला पत्थरी (Kidney Stone) भएको कसरी थाहा पाउने?


शरीरमा कुनै रोग भए नभएको वैज्ञानिक पहिचानका लागि केहि विशेष शारीरिक जाँचको आवश्यक भएपनि कतिपय केशमा भने हामी आफुमा देखा परेको शारीरिक लक्षणहरुबाट पनि ती रोगको अनुमान गर्न सक्छौ ।

तर, यसो भन्दैमा हामीले आवश्यक जाँच र चिकित्सकको सल्लाह बिना नै जथाभावी औषधिको सेवन गर्ने गल्ती भने गर्नुहुँदैन ।


आफुलाई निम्न लक्षणहरु देखिएको खण्डमा व्यक्तिले अनुमान गर्दै तुरुन्तै मिर्गाैला रोग विशेषज्ञ (नेफ्रोलोजिस्ट) को सल्लाह लिनुपर्छ ।


मिर्गौला पत्थरी भएका व्यक्तिमा विशेषगरी निम्न दुई प्रमुख लक्षणहरु देखिन्छन्ः


मृगौलामा पत्थरी (Kidney Stone) का लक्षणहरु


१. अत्याधिक दुखाईको महशुस


शरीरमा भएको पत्थरी सानो भएमा अथवा सो पत्थरी किड्नी या युरेटरमा रहेको हकमा व्यक्तिमा कुनै पनि प्रकारको लक्षण देखिदैन । यसकारण पनि व्यक्तिले आफुमा पत्थरी भएको लामो समयसम्म थाहा पाउन सक्दैनन् ।

तर, उक्त पत्थरी बढ्दै गएमा वा कुनै कारणवश मुत्रमार्गमा अड्किन गएको खण्डमा भने यसले व्यक्तिमा एक्कासी अत्याधिक दुखाईको महशुस गराउँछ ।

जुनसुकै उमेर समूहलाई सताउने गरेको यस समस्याको प्रमुख लक्षण भनेकै असह्य दुखाई उत्पन्न गराउनु हो ।


मिर्गाैला पत्थरी भएको व्यक्तिले आफ्नो कोखातर्फ तीव्र दुखाईको महशुस गर्छन् भने सो दुखाई क्रमशः ढाडको तल्लो भागतर्फ सर्दै जान्छ ।


करिब २० मिनेटदेखि झण्डै ६० मिनेटसम्म दुखाई हुने र क्रमशः सो दुखार्ई घट्दै भई केहि समयपछि पुनः सोहि समस्या दोहोरिने क्रम चलिरहने यसको दुखाई व्यक्तिमा यतिसम्म हुन्छ कि, कतिपय अवस्थामा दुखाईकै कारण व्यक्तिलाई वाक्वाकी वा बान्ता लाग्ने र ज्वरो समेत आउने हुन्छ ।


२. पिसाब फेर्न असहज हुनु


मिर्गाैला पत्थरीले व्यक्तिमा पिसाब फेर्न गाहृो हुने, पिसाब लाग्ने तर नआउने, बारम्बार पिसाब फेर्न मन लाग्ने, पिसाब फेर्दा पोल्नेजस्ता समस्याहरु निम्त्याउँछ ।

यस्तै, नमिठो गन्धसहित पिसाब धमिलो आउनु र कहिलेकाहिँ पिसाबमा रगत समेत देखिनु पनि पत्थरी हुनुको अर्काे संकेत हो ।


यदि आफ्ना बालबालिकाले पिसाब फेर्दा रुने, कराउने, चिच्याउने तथा असामान्य व्यवहार देखाउँछन् भने अभिभावकले आफ्ना सन्तानमा पत्थरी भएको आशंका गर्न सकिन्छ ।


मृगौला पत्थरी (Kidney Stone) रोकथामका उपायहरु


कुनैपनि रोग लागेपछि त्यसको उपचार गर्नुभन्दा पहिले त्यो रोग आफुमा लाग्न नै नदिनुलाई बुद्धिमानी मानिन्छ । तसर्थ यस रोगबाट आफु शिकार नहोस् भन्नका लागि व्यक्तिले निम्न पक्षमा विशेष ध्यान पु¥याउनु पर्छः


१. पर्याप्त मात्रामा पानी तथा तरल पदार्थको सेवन


सामान्यतयाः विविध कारणवश् शरीरमा जम्मा भएका स–साना अथवा ५ मिलिमिटरभन्दा साना पत्थरीहरु हाम्रो पिसाबको माध्यमबाटै स्वतः शरीर बाहिर निस्कन्छन् ।

दुखाईको महशुस नगराउने यस्ता साना पत्थरीहरु ४ हप्ताभित्र शरीरबाट बाहिर निस्किसकेको हुन्छ ।


यद्यपि यसका लागि भने व्यक्तिले पर्याप्त मात्रामा पानी अथवा तरल पदार्थको सेवन गर्नुपर्छ ।


२. खानपिनमा सुधार


पत्थरीबाट जोगिने प्रमुख उपाय भनेकै खानपिनमा सुधार गर्नु हो ।

वर्तमान समयमा अधिकांशमा खानपिनकै कारण पत्थरीको जोखिम बढिरहेको देखिन्छ ।

यसर्थ हामीले आफ्नो खानपिनमा उचित नियन्त्रण गरेकै आधारमा पनि पत्थरीको जोखिमलाई धेरै हदसम्म कम गराउन सकिन्छ ।

यसका लागि हामीले रिफाइनयुक्त चिनी, अत्याधिक नुनको सेवन तथा सोडियमको प्रयोग गर्ने बानीलाई हटाउनु पर्छ, भने उच्च प्रोटिन पनि पत्थरीका निम्ति घातक भएकाले यसको उपभोगमा पनि उत्तिकै ध्यान पु¥याउनु पर्छ ।


प्रोटिनको सन्दर्भमा भन्नुपर्दा, तुलनात्मक रुपमा अन्य खानाभन्दा मांसाहार आहारबाट प्राप्त हुने प्रोटिन पत्थरीको निम्ति अति नै हानिकारक मानिन्छ ।

क्लिनिक वानका डाइटिसियन संग अपोइण्टमेन्ट लिनुहोस् >>>


तसर्थ व्यक्तिले आफ्नो आहारमा शरीरको आवश्यकतालाई मात्र ध्यान दिदैँ माछामासुजन्य खानालाई सकेसम्म कम प्राथमिकता दिने र तरकारी तथा सागसब्जीहरुमा विशेष जोड दिनुपर्छ ।


३. तौलको उचित नियन्त्रण


उचित तौल भएका व्यक्तिको तुलनामा मोटा व्यक्तिहरुमा पत्थरी हुने सम्भावना अधिक रहन्छ ।


यसकारण पनि हामीले आफ्नो तौललाई उचित राख्नका लागि शारीरिक रुपमा सक्रिय रहने, खानपिनमा ध्यान दिने र नियमित शारीरिक व्यायाम गर्ने बानीको विकास गर्नुपर्छ ।


४. समय–समयमा स्वास्थ्य जाँच


पत्थरीले आफुलाई दुःख नदिएसम्म हामीलाई हाम्रो शरीरमा पत्थरी छ भन्ने समेत थाहा हुँदैन ।

यसको शुरुवातीमा नै पहिचान गर्न सके सबै बिरामीमा शल्यक्रियाको आवश्यकता नपर्ने भएकोले पनि यसको समयमै पहिचान गर्नु उत्तिकै महत्वपूर्ण रहन्छ ।


यसका लागि भने हामीले समय–समयमा आफ्नो होल बडि जाँच गर्ने बानी बसाल्नु पर्छ भने कहिलेकाहिँ हुने गरेको दुखाईलाई पनि बेवास्ता गर्नुहुदैँन ।


मृगौला पत्थरीको (Kidney Stone) उपचार कसरि गरिन्छ ?


माथि उल्लेख गरेजस्तै पत्थरी ४ हप्तासम्म पनि शरीर बाहिर निस्किएन र यसले व्यक्तिमा दुखाईको महशुस गराउन थालेमा यसका लागि सर्वप्रथम बिरामीलाई दुखाई कम गराउने औषधि दिइन्छ ।

यस्तै, पत्थरीको आकार र अवस्था हेरेर औषधिसंगै कतिपय अवस्थामा यसको शल्यक्रिया समेत गर्नुपर्ने हुन्छ ।

शल्यक्रियाको सन्दर्भमा भन्नुपर्दा, पछिल्लो समयमा एक्स्ट्राकोर्पाेरियल सक वेभ लिथोट्रिप्सी सर्जरीको विकास भएको छ ।


यसअन्र्तगत अन्य शल्यक्रियाजस्तो शरीरको भाग नचिरी लेजरको माध्यमबाट पत्थरीलाई फुटाइन्छ । र, सो पत्थरी पिसाबको माध्यमबाटै शरीर बाहिर निस्कछ ।


क्लिनिक वानका नेफ्रोलोजिस्ट संग अपोइण्टमेन्ट लिनुहोस् >>>