वर्षायाममा फ्लु खोप किन?

Last updated on June 23rd, 2019 at 09:07 am
बालबालिकालाई बारम्बारको कडा रुघाबाट कसरी बचाउने ?
इन्फ्लुएन्जा वा कडा रुघा एक प्रकारको सम्भावित गम्भीर रोग हो जसले कुनै बेला अस्पतालमा भर्ना नै हुनु पर्छ भने कुनै बेला फ्लुको कारण मानिसको ज्यान पनि जान सक्छ | हरेक फ्लु मौसम भिन्न हुन्छन र फ्लु संक्रमण भिन्न भिन्नै मानिसमा विभिन्न तरिकाले असर गर्छ तर लाखौ मानिस हरेक वर्ष फ्लु संक्रमित हुन्छन, हजारौमा सैयौ मानिसहरु अस्पतालमा भर्ना हुन्छन भने हजारौमा दस मानिसको हरेक बर्ष फ्लु संक्रमणका कारण मृत्यु हुन्छ| वार्षिक फ्लु खोप लगाउनुनै फ्लुबाट बच्ने एउटा उत्तम उपाए हो | खोप लगाउनुमा धेरै फाइदाहरु हुन्छन जस मध्य शरीरमा फ्लु रोग लाग्न कम गराउनु संग संगै अस्पतालमा भर्ना हुने र फ्लुका कारण मृत्यु हुने खतराबाट पनि जोगाउछ |
फ्लु खोपले कसरि काम गर्छ ?
फ्लु खोपले खोप लगाएको २ हप्ता पछि शरीरमा फ्लु बिरुद्धको एन्टीवाडी उत्पादन गराउछ जसले शरीरमा संक्रमण गराउन सक्ने भाइरस हरु बाट रोग लाग्न बाट बचाउछ |
फ्लु खोप लगाउनुका फाइदाहरु के कस्ता छन् ?
हरेक वर्ष फ्लु खोप लगाउनुका थुप्रै कारणहरु छन् |
जस्तै:
१. फ्लु खोपले पटक पटक फ्लु संक्रमित रोग लाग्नबाट बचाउछ |
२. फ्लु खोपले फ्लु संक्रमित रोगका कारण पटक पटक अस्पतालमा भर्ना हुन पर्ने खतरालाई कम गराउछ |
३. फ्लु खोपले विभिन्न खतरानाक र गम्भीर रोग लाग्नबाट बचाउछ |
४. खोपले महिलामा गर्भवती हुनु अघि वा गर्भवती हुनु पछि पनि आमा र शिशुलाई विभिन्न खतराबाट बचाउछ |
५. फ्लु खोपले बालबालिकामा ज्यान जाने जोखिमलाई कम गराउछ |
६. फ्लु खोपले मानिसमा रोग लागे पनि रोग बाट हुन सक्ने विभिन्न खतरा कम गराउछ |
७. आफुले फ्लुको खोप लगाएको छ वानी आफ्नो वरिपरिको मानिस जस्तै शिशु , स- साना बालबालिका, वृद्द र गम्भीर रोग लागेका मानिसलाई पनि संक्रमण बाट बचाउछ |
फ्लु खोप कहाँ लगाउन सकिन्छ ?
क्लिनिक वान ले बिगत २ वर्ष अघि देखि काठमाडौँ भर फ्लु भ्याक्सिन प्रधान गर्दै आइरहेको छ |
स्थान : क्लिनिक वान, जावलाखेल, ललितपुर, नोर्खाङ्ग कम्प्लेक्स को दोस्रो तल्ला, St Xaviers स्कूल नजिकै
फोन न : ०१-५००९२३३, ९८६३३९३९६०, ९८०११०९२३५
गूगल म्याप: https://goo.gl/maps/tEBXMmgJP2o
यो मौसममा फ्लु खोप क- कसले लगाउने ?
सबै ६ महिनाको शिशु देखि माथि उमेरको हरेक मानिसले हरेक वर्ष फ्लु खोप लगाउन सकिन्छ | फ्लुको जोखिमबाट हुन सक्ने हरेक गम्भीर रोगबाट बच्नको लागि फ्लुको खोप लगाउन अत्यन्त आवश्यक छ |
फ्लु खोप कहिले लगाउने?
समाजमा फ्लुको संक्रमण फैलनु अघिनै फ्लुकोखोप लगाउन आवश्यक छ | खोप लगाए पश्चात फ्लु बिरुद्ध एन्टीवाडी बिकास हुन २ हप्ता सम्मको समय लाग्न सक्छ |
By Tanuja Shrestha
Registered Nurse