Full Body Checkup के हो र किन आवश्यक छ ?
Last updated on August 31st, 2021 at 06:18 am
Full Body Checkup अर्थात् नेपालीमा “पूर्ण शरीरको जाच” को मतलब शरीरको मुख्य अंगहरु स्वास्थ्य छ कि छैन भनेर गरिने जांच हो | यो जांच बर्सौनी गराउदा निकै फाइदाजनक हुन्छ | तर हामी नेपालीहरुमा अतिनै बिरामी भए पछि मात्र डाक्टरलाइ देखाउने चलन भएको हुनाले कतिपय मानिसलाई यसको महत्व थाहा नहुन सक्छ |
Full Body Checkup गराउन को लागि बिरामी नै हुन पर्छ भन्ने जरुरी छैन | बाहिर जतिसुकै राम्रो देखिए पनि भित्र के हुन्छ थाहै हुन्न | कहिले काही केही संकेत नै नदेखीई कन एक्कासी अस्पतालनै भर्ना हुनुपर्ने गरी बिरामी परेको तथ्यांक नेपालमा धेरैनै पाईएको छ |
हाम्रो दैनिक क्रियाकलाप , खानपिन , रहनसहन, शारीरिक तथा मानसिक स्थितिले हाम्रो स्वास्थ्यमा धेरैनै प्रभाव पार्दछ| कसैलाई भित्र भित्रै पत्थरको समस्या, कसैलाई फोक्सो / कलेजोको समस्या भएतापनी लक्षणभने ढिलो देख्ने गरिन्छ | त्यसैले वर्षको एक चोटी गराउदा समयमै यस्ता रोगहरु पत्ता लगाउन सकिन्छ |
Full Body Checkup गराउदा ध्यान दिनु पर्ने कुराहरु :
– केहि रगत जांच गराउदा खाली पेट चाहिने हुनाले क्लिनिक आउदा बिहान खाली पेटमा आउनुपर्छ |
– बिहान आउदा अल्ट्रासाउंडको लागी खाली पेटमा टन्न पानी पिएर आउनु पर्छ |
Clinic One को Full Body Checkup को फाइदाहरु :
- समयपूर्व रोग हरु पत्ता लगाउन
- भविष्यमा हुन सक्ने जोखिम बाट बचाउन
- आफ्नो शरीरको रगत गणना, कोलेस्ट्रोल को मात्रा, ब्लड प्रेसर, सुगरको मात्रा थाहा पाउन
- डाक्टर संग नियमित सरसल्लाह लिन
- समयको बचत : क्लिनिक वानमा अपोईन्टमेन्ट प्रणाली भएको हुनाले कुर्न पर्दैन , जसले गर्दा ९० मिनट मै सबै चेकअप सकिन्छ
- इन्टरनल मेडिसिनको डाक्टर र रेजिसटर्ड डाईटिसियन संग निसुल्क परामर्श
- महिला हरुमा पाठेघरको क्यान्सर को जांच र ब्रेस्ट को अल्ट्रासाउंड संगै स्त्री रोग बिशेषग्य संग पनि निशुल्क परामर्श
क्लिनिक वानमा Full Body Checkup गराउन को लागी : 01- 5400400, ९८६३३९३९६०
Read other articles
Clinic One Full Body Checkup Packages