सुत्दा खेरी घुडा दुख्ने समस्याबाट कसरी छुटकारा पाउने?
उमेर ढल्किनुको साथै हाड जोर्नी दुख्ने र सुन्निने समस्याहरु पनि बढ्ने अहिले सामान्य भइसकेको छ | घुडा दुख्ने समस्या को कारणले मानिसलाई हिड्न, दौडिन र अरु सामान्य क्रियाकलापहरु गर्न पनि गाह्रो हुन्छ | त्यसै गरि राति निन्द्रामा पनि कठिनाइ पर्दछ |
घुडा दुख्नुको कारणहरु धेरै छन् | जस्तै घुडामा चोट लाग्नु, आर्थ्राइटिस(Arthritis) हुनु , भिटामिन डी को कमि हुनु इत्यादी | आर्थ्राइटिस(Arthritis) हुँदा शरीरको जोर्नीहरू दुख्ने, सुन्निने र कडा हुने गर्दछ | यी लक्षणहरु धेरै जसो घुडामा देखिन्छ |
सुत्दाखेरी घुडा दुख्ने समस्याका लागी निम्न कुराहरु अपनाउनु सकिन्छ |
१) सुत्नु अघि मन तातो पानीले नुहाउने
तातो पानीले नुहाउदा जिउलाई आराम महसुस हुनुको साथै जोर्नीको दुखाइबाट पनि राहत मिल्छ, जसले गर्दा निदाउन सजिलो हुन्छ | यसले रगत संचालन बदाउनुको साथै सुजन कम गर्छ |
२) आरामदायी स्थितिमा सुत्ने
सुत्दाखेरी घुडामा extra support लिएर सुत्नु निकै महत्वपुर्ण हुन्छ | यसको लागि हामीले सिरानीको प्रयोग गर्न सकिन्छ |
ढाडमा उत्तानो परेर सुत्ने बानी भएकाहरुले सिरानी घुडामुनी राख्न सकिन्छ भने कोल्टे परेर सुत्ने बानीका लागी चाहि दुबै घुडाको बिचमा सिरानी राखी समर्थन(support) लिन सकिन्छ |
३) तातो अथवा चिसो प्याक प्रयोग गर्ने
घुडा दुख्ने समस्याबाट आरामको लागी बरफको प्याक, हट ब्यागहरुको प्रयोग गर्न सकिन्छ |
सुत्नु भन्दा अगाडी करिब २० मिनटको लागी बरफ प्याक या हट ब्याग घुडामा प्रयोग गर्दा राम्रो हुन्छ |
Ice pack प्रयोग गर्दा, त्यसलाई कपडामा बेरेर मात्र प्रयोग गर्नु पर्छ | प्रत्यक्ष (direct contact) आफ्नो जिऊमा प्रयोग गर्दा छालालाई हानि हुन सक्छ |
४) शरीरको तौल घटाउने / स्वस्थ तौल कायम राख्ने
कहिलेकाही अतिरिक्त वजनको कारणले पनि मानिसको घुडा या अन्य जोर्नीहरुमा थप चाप पर्न जान्छ |
त्यसैले स्वास्थ्य तौल कायम राखेमा घुडामा पर्ने चापलाइ कम गर्न सकिन्छ |
त्यसकालागि सन्तुलित खाना खाने, थप व्यायाम गर्ने, हल्का गतिबिधि जस्तै : पौडी खेल्ने , साइकल चलाउने , बिहान बेलुकी हिडडुल गर्ने गर्न सकिन्छ |
५)आफ्नो दैनिक दिनचर्या र बानीहरु परिबर्तन गर्ने
हामीले दिनहु गर्ने केहि कार्यहरु/ क्रियाकलापहरुले पनि घुडा दुख्ने समस्यामा जोड दिन्छ | त्यसैले निम्न कुराकरुमा ध्यान पुराउनु पर्छ |
– धेरै भारी सामानहरु नउठाउने
– शरीरलाई नियमित रुपमा तन्काउने / व्यायाम गर्ने
– उपयुक्त जुत्ताहरु लगाउने (हिल धेरै भएको, अफ्ठ्यारो जुत्ताहरु नलगाउने )
– व्यायाम गर्दा सहि आकृती(posture) प्रयोग गर्ने
– घुडा धेरै भन्दा धेरै प्रयोग हुने काम नगर्ने : जस्तै : भर्यांग चड्ने / झर्ने
घुडा दुख्ने समस्याका लागि डाक्टरसंग परामर्श कहिले लिने?
यदी घुडा दुखाइ झन् बढी हुदै गएमा र धेरै समय हुदा पनि सुधार नआएमा डाक्टरसंग परामर्श लिनैपर्छ |
अर्थात्, हाडजोर्नी समस्याका लागी अर्थोपेडिक डाक्टरसंग सुझाव लिई नियमित औषधी, थेरापी गर्दा दुखाइ कम गर्न सकिन्छ |
क्लिनिक वानमा अर्थोपेडिक डाक्टरसँग परामर्शका लागि हामीलाई सम्पर्क गर्न्नुहोस्!
फोन न: 01-5400400, 9863393960 (जावलाखेल),
01-6617401, 9851310113 (सूर्यविनायक)
[clincic_appointment_button type=’appointment’ title=’सुत्दा खेरी घुडा दुख्ने समस्या बाट कसरी छुटकारा पाउने?’]