डेंगु पछि नेपालमा स्क्रब टाइफसको महामारी : कसरी बच्ने ?
Last updated on July 5th, 2021 at 10:32 am
स्क्रब टाइफस के हो र कसरी सर्छ ?
अहिले डेंगु संग संगै स्क्रब टाइफस भन्ने रोगको पनि नेपालका कतिपय जिल्लाहरुमा महामारी फैलिएको छ |
स्क्रब टाइफसका लक्षण डेंगुको जस्तै भए पनि यो रोग डेंगु भन्दा ३० गुणा बादी घातक रोग हो |
यो रोग “ओरेनसिया सुसुगामुसी ” भन्ने ब्याक्टेरियाबाट लाग्ने रोगहो जसको संक्रमण मानिसमा एक प्रकारको ‘माइट’ को टोकाई बाट हुन्छ |
हालसम्म नेपालको ६१ जिल्लामा यो रोग देखापरेको छ भने ६१५ जना संक्रमण भएको छ |
समयमै यसको उपचार नगरेमा मानिसको ज्यान पनि जान सक्छ |
स्क्रब टाइफस बाट कसरी बच्ने ?
- डेंगुको जस्तै स्क्रब टाइफस बिरुद्ध कुनै खोप छैन | त्यसैले यो रोगबाट बच्ने उपाय भनेकै स्क्रब टाइफस संक्रमित माइटस को टोकाई बाट बच्नु हो |
- यी माइट्स हरु स साना बोट बिरुवाहरुको झाडी तिर र यस्ता झाडी तिर बस्ने मुसाका कानमा पाइने हुना ले सकेसम्म यस्ता झाडी भएका ठाउबाट टाडा रहनुपर्छ |
- यदी घरबाट बाहिर यस्ता ठाउ हरु मा काम गर्नुपर्छ भने, माइट्स निवारक स्प्रे हरु प्रयोग गर्नुपर्छ |
स्क्रब टाइफसका लक्षण के के हुन् ?
- धेरै ज्वरो आउने (१०४ भन्दा माथि )
- टाउको दुख्ने, जिउ गल्ने , मांसपेशी दुख्ने
- शरीरमा विविराहरु देखिने
- टोकेको ठाउमा कालो दाग देखिने
यदी यस्ता कुनै लक्षन हरु तपाइँ र तपाईका वरपरका कोहीमा देखिएमा नजिकको स्वास्थ्य चौकी / अस्पतालमा परामर्श लिनुहोला |
थप जानकारीका लागि : क्लिनिक वान काठमाडौँ नेपाल | ९८६३३९३९६०, ०१५४००४००