डेंगुका लक्षण र बच्ने तरिकाहरु

“ डेंगु रोगको कुनै खास उपचार र खोप हुदैन | त्यसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो | ”
अहिले नेपालको धेरै जसो ठाउहरुमा डेंगुको महामारी फैलिएको अवस्थामा अझ बढी सावधानी अपनाउनु पर्ने हुन्छ | डेंगुका लक्षण र बच्ने तरिकाहरुका बारेमा जानौं |
डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न ) निम्न प्रक्रियाहरु अपनाउनु जरुरी छ :
पानी जम्न नदिने
लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने , त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ |
पुरै शरीर ढाक्ने कपडा लगाउने
लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ |
लामखुट्टे निवारक क्रिम या साधन को प्रयोग
पुरै शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ |
ढोका झ्याल बन्द राख्ने
झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली /पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ |
अहिले मनसुन भएसंगै नेपालको धेरै ठाउँमा तीव्र गतीमा डेंगु फैलिरहेको छ, यस रोगबाट बच्ने एक उपाय भनेकै लामखुट्टेको टोकाइबाट…
Posted by Clinic One on Wednesday, July 26, 2023
डेंगुका लक्षणहरु:
- ज्वरो आउने
- टाउको दुख्ने
- आखाको भित्री (पछाडी ) भाग दुख्ने
- बान्ता आउने, रिंगटा लाग्ने
- जिउ दुख्ने
- गलेको महसुस हुने
- ४-७ दिनमा शरीरमा दादुरा जस्तै देखिने विवीरा आउने
यदि यस्ता कुनै लक्षणहरु तपाइँ र तपाईका वरपरका कोहीमा देखिएमा नजिकको स्वास्थ्य चौकी / अस्पतालमा परामर्श लिनुहोला |
डेंगु विरामीहरुको विशेष हेरचाहको लागि अस्पतालमा भर्ना गर्नुपर्ने हुनाले छिटो भन्दा छिटो परीक्षण गराउनु पर्छ |
थप जानकारीका लागि : क्लिनिक वान काठमाडौँ नेपाल | 9863393960 | 01-5400400
https://www.facebook.com/clinicone1/