फुल बडि चेकअप’ मा ध्यान दिनुपर्ने पक्षहरु

Last updated on May 10th, 2024 at 04:52 pm
वर्तमान समयको व्यस्त एवम् भागदौड जीवनशैलीका कारण अधिकांश व्यक्तिले आफ्नो स्वास्थ्यमा खासै ध्यान दिएको देखिदैन ।
जसले कालान्तारमा विभिन्न स्वास्थ्य समस्याबाट शिकार भई उनीहरु आफ्ना योजनाअनुरुप दैनिक अथवा नियमित कार्य समेत गर्न असक्षम रहन सक्ने सम्भावना प्रबल रहन्छ ।
यसकारण पनि हामीले आफ्नो स्वास्थ्यको उचित ध्यान राख्नुपर्छ ।
र, यसरी आफ्नो स्वास्थ्यमा कुनै पनि जटिल किसिमका समस्याले नसताउन् भन्ने ध्येयले जसरी आफ्नो खानपिन, शारीरिक–मानसिक सक्रियता र जीवनशैलीमा ध्यान दिनु जरुरी छ त्यत्ति नै ‘फुलबडि चेकअप’(सम्पुर्ण स्वास्थ्यजाँच÷परीक्षण) गराउन पनि उत्तिकै महत्वपुर्ण रहेको हुन्छ ।
अर्थात्, रोगको लक्षणबिना नै सम्पुर्ण शरीरको परीक्षण गरी पूर्व रुपमै रोगको पहिचान गर्ने उपयुक्त माध्यम नै ‘फुलबडि चेकअप’(सम्पुर्ण स्वास्थ्यजाँच परीक्षण) हो ।
सन् १९४८ मा विश्व स्वास्थ्य संगठनले स्वास्थ्यलाई परिभाषित गरेको व्याख्यालाई हेर्ने हो भने, ‘रोग या दुर्बलताको अनुपस्थिति मात्र नभई व्यक्ति शारीरिक, मानसिक एवम् सामाजिक तवरबाट सबल हुनु हो’, भनिएको छ ।
तसर्थ सोहि अनुरुप शरीरका विभिन्न अंगहरु स्क्यान गरी व्यक्ति पुर्ण रुपमा स्वस्थ छ वा छैन? भनेर थाहा पाउनको निम्ति गरिने सम्पुर्ण शरीरको जाँच नै ‘फुल बडि चेकअप’ हो ।
अर्काे शब्दमा यसलाई सम्भावित गम्भीर प्रकृतिका रोग एवम् स्वास्थ्य समस्या नदेखियोस् भन्नका लागि पूर्व पहिचान गरी तिनको रोकथामका लागि आवश्यक कदमहरु चाल्ने उपयुक्त माध्यम भनेर पनि बुझ्न सकिन्छ ।
यसभित्र गरिने जाँचहरु

यसअन्र्तगत व्यक्तिको मुटु, कलेजो, फोक्सो, मिर्गाैलालगायत शरीरका सम्पुर्ण भागको स्क्यान गरी शरीरमा कुनै पनि रोग भए वा नभएको पत्ता लगाइन्छ ।
जसअन्र्तगत व्यक्तिको सामान्य रक्तजाँचदेखि नाक, कान, घाँटि, आँखा, छाति, छाला, मिर्गाैला, फोक्सो, कलेजोको अवस्थाजस्ता सम्पुर्ण पक्षको परीक्षण गरिन्छ ।
क्लिनिक वानमा ‘फुल बढि प्याकेज’अन्र्तगत दिइने सेवा(जाँच)हरु:
- कम्प्लिट ब्लड काउन्ट (सीबीसी)
- खाना खानुअगावैको ग्लूकोजको मात्रा परीक्षण
- लिपिड प्रोफाइल(कुल कोलेस्टोर, एचडिएल, ट्रिग्लिसेरिड र एलडिएल)
- युरिक एसिड
- मिर्गौला कार्यप्रणालीको जाँच(सेराटिन र युरिया)
- कलेजो कार्यप्रणालीको जाँच(एसजीओटी(एएसटी) र एसजीपीटी(एएलटी)
- थाइराइड कार्यप्रणालीको जाँच
- दिशा, पिसाब जाँच
- अल्ट्रासाउण्ड
- इसीजी
- एक्स–रे
- चिकित्सकको परामर्श: आन्तरिक औषधि–इन्डोक्राइन रिसर्च कन्सोलेन्ट
- आहार सम्बन्धिको परामर्श
यसका निम्ति लागत समय
क्लिनिक वानको हकमा यसरी गरिएको चेकजाँचको रिपोर्ट व्यक्तिले चिकित्सकको परामर्शसंगै सोहि दिनमा नै प्राप्त गर्न सक्छन् ।
यसको महत्व
स्वस्थ स्वास्थ्यको निम्ति अपरिहार्य मानिने ‘फुल बडि चेकअप’ बाट व्यक्तिले आफ्नो शरीरको संरचानात्कमक गतिविधि र अवस्थाबारे उचित ज्ञान हासिल गर्ने मौका त, पाउँछन् नै संगै यसबाट व्यक्तिले एक मात्रै नभई अनेकौ पक्षहरुको समेत लाभ लिन सक्छन् ।
जसलाई निम्नानुसार, प्रस्तुत गर्न सकिन्छः
१. लक्षणबिना नै रोगको पहिचान

‘फुल बडि चेक अन्र्तगत’ शरीरका मुख्य कार्यप्रणालीका लागि संलग्न रहने प्रमुख अंग÷भागहरुको परीक्षण गरिने भएकाले यस किसिमको परीक्षणबाट व्यक्तिले लक्षण बिना नै आफुमा कुनै रोगको सम्भावना वा संक्रमण भए वा नभएको विषयमा थाहा पाउन सक्छन् ।
यसो हुँदा व्यक्ति सम्भावित रोग लाग्नबाट समयमै सजग भई ती रोगहरुबाट पाउने पिडाबाट टाढै रहन सक्षम हुन्छन् ।
यसका साथै यसले ‘भविष्यमा आफु कुनै रोगको शिकार भइने हो कि’ भन्ने व्यक्तिको चिन्तालाई समेत कम गराउन महत्वपुर्ण भुमिका खेल्दछ ।
२. समयको बचत

व्यस्त जीवनशैलीमा अधिकांश व्यक्तिलाई समयको महत्व धेरै रहेको हुन्छ । यसकारण पनि उनीहरु फाइदामुलक कार्यबाहेक अन्त कुनैपनि स्थानमा आफ्नो समय खर्चिन चाहादैनन् ।
र, यसरी समयको महत्व बुझेको व्यक्ति नै ‘फुल बडि चेकअप’ का लागि अस्पताल पुग्ने गर्छन् ।
तसर्थ आफ्नो कुनै पनि रोगले सताएर गम्भीर अवस्थामा मात्रै उपचारका लागि अस्पताल पुग्ने वा रोगले सताएर लामो समयसम्म ओछ्यानमा लडिरहनु भन्दा रोग लाग्नुअघि नै परीक्षण गराउन अस्पताल जाने व्यक्ति आफ्नो समयको बचत गर्न धेरै हदसम्म सक्षम हुन्छन् ।
३. आर्थिक भारको कमी

गम्भीर रोग लागेर उपचारमा धेरै खर्चिन जोगिने उपयुक्त उपायको रुपमा पनि ‘फुल बडि चेक’ लिन सकिन्छ । यसले व्यक्तिलाई पिडाको कम महशुस गराउँनुका साथै अधिक समय र आर्थिक भारबाट समेत जोगाउन मद्दत गर्दछ ।
४.स्वस्थ जीनशैलीका निम्ति प्रेरित हुनुु

सम्पुर्ण शरीर जाँचअन्र्तगत नै प्याकेजको रुपमा रहने चिकित्सकको परामर्शको माध्यमबाट व्यक्तिले स्वस्थ जीवनशैलीका लागि अपनाउनुपर्ने र ध्यान दिनुपर्ने पक्षबारे उचित ज्ञान हासिल गर्ने हुँदा त्यस्ता व्यक्तिहरु स्वस्थ जीवनशैलीतर्फ उन्मुख भएका उदाहरणहरु प्रशस्त छन् ।
जसले पनि उनीहरुको भविष्यमा हुन सक्ने स्वास्थ्य समस्याको जोखिमलाई कम गराउन अझ बढि सघाउ पु¥याउँछ ।
५. नयाँ उपकरणहरुबारे जानकारक हुनु

सामान्य व्यक्तिको तुलनामा नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगिरहने व्यक्ति चिकित्सा क्षेत्रमा आएको नयाँ स्वास्थ्य जाँचका उपकरणबारे बढि जानकारक हुने गर्छन् । जसबाट उनीहरुले त्यसका फाइदा र त्यसबाट लिन सक्ने सेवाहरु बारे उचित ज्ञान हासिल समेत गर्न सक्छन् ।
६. चिकित्सक र बिरामी बीचको उचित सम्बन्ध विस्तार

नियमित शरीरको जाँच गराउनुको पक्ष शारीरिक एवम् आर्थिक रुपमा मात्रै नभई सामाजिक–सम्बन्ध विस्तारको दृष्टिकोणले पनि फाइदामुलक रहेको देखिन्छ ।
अर्थात्, नियमित रुपमा आफ्नो स्वास्थ्य जाँच गराइरहने व्यक्ति र स्वास्थ्यकर्मी बीच आपसी चिनजानका कारण उचित सम्बन्ध विस्तार हुन पुग्दछ ।
जसबाट आफुमा केहि समस्या भएको खण्डमा बिरामीलाई खुलेर आफ्ना कुराहरु चिकित्सक समक्ष राख्न अझ बढि सहज हुने गर्दछ भने चिकित्सक पनि व्यक्तिको स्वास्थ्य अवस्थाबारे उचित रुपमा जानकारक हुन पुग्छन् ।
कति समयको अन्तरालमा गर्ने ‘फुल बडि चेकअप’?
उसो त व्यक्ति आफ्नो स्वास्थ्यप्रति सजग रहन कुनैपनि उचित एवम् निश्चित समय नै पर्खनु पर्छ भन्ने हुँदैन ।
तसर्थ, सोहि अनुरुप हामीमध्ये जो कोहिले जुनसुकै समयमा पनि ‘फुल बडि चेक’ गर्न सकिन्छ ।
यद्यपि विज्ञहरुले आफुमा कुनै पनि समस्या नदेखिएता पनि प्रत्येक ६ महिनादेखि १ वर्षको अन्तरालमा फुल बडि चेक गराउनुपर्नेमा जोड दिने गरेका छन् ।
फुल बडि चेकअपका लागि अपोइन्त्मेण्ट लिनुहोस् >>>>
‘फुल बडि चेक’ गर्दा ध्यान दिनुपर्ने पक्षहरु
- अन्तिम पटक ‘फुल बडि चेक’ गरेको मितिको रेकर्ड राख्ने
- आफुले कुनै औषधि सेवन गरिरहेको खण्डमा स्वास्थ्य जाँचको समयमा अस्पताल जाँदा सो औषधिको विवरणसहित जाने
- चिकित्सकसंग खुलस्त रुपमा आफुले सेवन गरिरहेको कुनै पनि औषधि या पूरकहरुको बारेमा बताउने
- आफुलाई जिज्ञासा भएको प्रत्येक प्रश्न–सुचिको तयारी सहित चिकित्सक सामुन्ने प्रस्तुत भई आफ्नो कौतुहलता मेटाउने प्रयास गर्ने
- आफूमा शारीरिक एवम् मानसिक पक्षमा परिवर्तन एवम् समस्या देखिएका छन् भने त्यसबारे चिकित्सकलाई अनिवार्य रुपमा जानकारी गराउने
- र, मादक एवम् नशालु पदार्थ सेवन गर्ने व्यक्तिले सोको बारेमा पनि चिकित्सकलाई जानकारी गराउने । यसले व्यक्तिलाई उसको स्वास्थ्य अवस्था र जटिलताबारे थाहा पाउन अझ सहज हुन पुग्दछ ।
निस्कर्ष
शरीरको विभिन्न अंगहरु जस्तैः मुटु, मिर्गाैला, फोक्सो, कलेजोलगायत सम्पुर्ण स्वास्थ्य परीक्षणको माध्यमबाट शरीरको तत्काल अवस्थाबारे थाहा पाउन गरिने जाँच नै ‘फुल बडि चेक’ हो ।
यसले व्यक्तिमा भएका शारीरिक विकारको पहिचान गर्दै त्यसको असर शुरु हुनुअगावै त्यसलाई निदान गर्न प्रेरित गर्दछ ।
यसरी गरिएको स्वास्थ्य परीक्षणले व्यक्तिमा भएको मुटुरोग, श्वासप्रश्वास सम्बन्धि रोग, क्यान्सर, मधुमेह, उच्च रक्तचापजस्ता घातक रोगहरुको बेलैमा पहिचान गर्न मद्दत पु¥याउँछ ।
६ महिनादेखि १ वर्षको अन्तरालमा प्रत्येक व्यक्तिले गर्नुपर्ने भनिएको यस परीक्षणले व्यक्तिलाई भविष्यमा देखिन सक्ने गम्भीर किसिमको स्वासथ्य समस्याबाट बचाउँदै स्वस्थ जीवनशैली बाँच्नका निम्ति समेत प्रेरित गर्दछ ।
अझ, विशेषगरी ३५ वर्ष उमेर कटेका व्यक्तिहरुका निम्ति यो अत्यन्त अपरिहार्य रहेको विज्ञहरुको भनाई छ ।