‘फ्लु’ विरुद्व लगाइने एन्फ्लुएन्जा खोपको महत्व
Last updated on August 28th, 2024 at 02:27 pm
नेपालमा हाल जाडोयामको समय सुरु हुन लागेको छ। यस समयमा अधिकांशमा साझा रुपमा देखिने विभिन्न समस्यामध्ये ‘फ्लु’ को समस्या पनि एक हो ।
इन्फ्लुएन्जा भाइरसको कारण व्यक्तिमा देखिने श्वासप्रश्वास सम्बन्धिको रोगलाई नै ‘फ्लु’ भनिन्छ ।
अर्काे शब्दमा ‘एन्फ्लुएन्जा’ पनि भनेर चिनिने यसलाई श्वासप्रश्वास सम्बन्धि देखापर्ने रोगको प्रमुख कारक तत्वको रुपमा लिइन्छ ।
फ्लु’ संक्रमण प्रसारण प्रकृया
अत्यन्त संक्रामक रहेको यस भाइरस फ्लु संक्रमितले खोक्दा, बोल्दा वा हाछ्युँ गर्दा सो व्यक्तिको नाक तथा मुखबाट निस्कने स–साना ड्रपलेट्सको माध्यमबाट हावामा फैलन्छ ।
उक्त व्यक्तिको आसपास रहेका अर्काे व्यक्तिमा योे भाइरस सजिलै प्रसारण हुने तथ्य विभिन्न अध्ययनहरुले देखाएको छ ।
यसैगरि, केहि व्यक्तिलाई भने, फ्लु भाइरस भएका कुनै पनि वस्तु अथवा सतह छोएको आफ्नो हात सफा अथवा स्वच्छ नगरिकनै सिधै मुख, नाक तथा आँखामा लगेको / छोएको खण्डमा पनि फ्लुको संक्रमण हुने सम्भावना रहन्छ ।
यसरी शरीरमा प्रवेश गरेको फ्लुले विशेषतः व्यक्तिको नाक, घाँटी हुँदै फोक्सोमा समेत असर पु¥याउँछ ।
सामान्य रुघाखोकि देखि जटिल श्वासप्रश्वास समस्याको अवस्थासम्म निम्त्याउँने फ्लुलाई बेवास्ता गरेमा यसले व्यक्तिलाई मृत्युको मुखसम्म डो¥याउने सम्भावना समेत प्रबल रहन्छ ।
पहिचान कसरी गर्ने? (लक्षणहरु)
अधिकांश रोगका पहिचान त्यसका लक्षणहरु बाटै हुने गर्दछ ।
यसर्थ फ्लु सङ्क्रमित बिरामीलाई घाँटी दुख्ने, नाकबाट सिंगान बगिरहने, उच्च ज्वरो, टाउकोको दुखाई, मांसपेशी तथा हाडजोर्नीको दुखाई महशुस हुनेजस्ता लक्षणहरु देखा पर्दछ ।
यसका अधिकांश लक्षण भाइरल रुघाखोकीको जस्तो देखिएता पनि तुलनात्मक रुपमा यो सामान्य रुघाखोकी भन्दा बढि घातक हुन्छ ।
तसर्थ यस्ता लक्षण देखेका व्यक्तिले यसलाई बेवास्ता नगरी एकपटक अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुपर्दछ ।
जोखिम समूह
तुलनात्मक रुपमा हेर्ने हो भने, अधिकांश रोगले प्रतिरोधात्मक क्षमता कम भएका समूहलाई बढि आक्रमण गरिरहेको हुन्छ ।
तसर्थ यस हिसाबले भन्ने हो भने पनि मुख्यतयाः पाँच वर्षभन्दा कम उमेरका बालबालिका, ६५ वर्षभन्दा माथिका वृद्ववृद्वा तथा दिर्घरोगीहरुलाई फ्लुले संक्रमण गर्न सक्ने जो्खिम समूहअन्र्तगत सुचिकृत गर्न सकिन्छ ।
यस्तै, कतिपय सन्दर्भमा गर्भवति अवस्थाको दौरान अन्यको तुलनामा महिलाको स्वास्थ्य संवेदनशिल हुने भएकाले पनि यस समूहलाई पनि फ्लु संक्रमण जोखिम समूहको रुपमा लिइन्छ ।
फ्लु विरुद्व ‘एन्फ्लुएन्जा भ्याक्सिन’ को उपयोगिता
फ्लुबाट बच्नका लागि विज्ञहरुले विशेष प्राथमिकताका साथ सुझाउ गरिएको भरपर्दाे उपाय भनेकै ‘एन्फ्लुएन्जा भ्याक्सिन’ हो ।
जाडोयाममा फ्लु विरुद्ध लगाइने इन्फ्लुएन्जा खोपले व्यक्तिमा एन्फ्लुएन्जाको जोखिमलाई कम गर्नुका साथै खोप लिएका व्यक्तिमा यसको संक्रमण देखिएता पनि त्यसबाट निम्तिने गम्भीर अवस्थाको सम्भावनालाई न्युन पार्न समेत मद्दत गर्दछ ।
तसर्थ स्वस्थ स्वास्थ्य एवम् नतिजा दुवै तवरबाट सफल देखिएको यसलाई फ्लुबाट बच्ने सुरक्षित एवम् भरपर्दाे उपाय मानिन्छ ।
फ्लु खोप लगाउनुपर्ने समुह र समयतालिका
एन्फ्लुएन्जा भ्याक्सिनलाई एक स्वेच्छिक खोप पनि मानिन्छ ।
यद्यपि बाल चिकित्सकहरुले भने बालबालिकाको पुर्व स्वस्थ स्वास्थ्यको दृष्टिकोण हिसाबले पनि ६ महिना कटेका प्रत्येक ५ वर्ष मुनिका बालबालिकालाई यो खोप दिइनु पर्छ भन्ने मान्यता राख्ने गरेको पाइन्छ ।
र, ९ वर्षको उमेरसम्म पनि यस खोपको मात्रा नलिएका र संगै फ्लुबाट पनि संक्रमण नभएका बालबालिकालाई ४ हप्ताको अन्तरालमा खोपको दुई मात्रा दिइनुपर्छ ।
यद्यपि यसका लागि भने एकपटक अनिवार्य रुपमा सम्बन्धित चिकित्सकको परामर्श लिनुपर्दछ ।
यस्तै, सीडीसीले ६५ वर्ष उमेरभन्दा माथिका समूहको हकमा भने प्रत्येक ६ महिनाको अन्तरमा यो खोप दिन सिफारिस गरेको छ ।
यसैगरि गर्भवती भएको बेलामा महिलाको प्रतिरक्षा, मुटु तथा फोक्सोको कार्यप्रणालीमा परिवर्तन भइरहने भएकाले यस्ता समूहमा फ्लुको जोखिम उच्च हुने भएकाले गर्भवति महिलाले पनि यो खोप लगाउन अनिवार्य दखिन्छ ।
समग्रमा अन्य सामान्य व्यक्तिहरुले भने प्रत्येक १ वर्षको अन्तरालमा एन्फ्लुएन्जा भ्याक्सिन लगाउनुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।
तर, खोपको मात्रा लिन जादाँ व्यक्तिले आफुमा भएको एलर्जी लगायतका अन्य स्वास्थ्य समस्या भएको खण्डमा भने सम्बन्धित चिकित्सक वा स्वास्थ्यकर्मीलाइ खुलस्त रुपमा जानकारी गराउनुपर्छ ।
खोप लगाउन कहाँ जाने?
चिकित्सकको सल्लाह अनुसार, व्यक्तिले आफ्नो पायक एवम् सहजता अनुसार सरकारी एवम् सरकारी मान्यता प्राप्त निजि जुनसुकै स्वास्थ्य केन्द्रबाट पनि सो भ्याक्सिन प्राप्त गर्न सक्छन् ।
अधिकांश स्वास्थ्य केन्द्रहरुमा यो सेवा सहजै उपलब्ध छ र तीनैमध्ये जावलाखेलस्थित रहेको क्लिनिक वान पनि एक हो ।
यस्तो छ, क्लिनिक वानको ‘एन्फ्लुएन्जा भ्याक्सिन’ सेवा प्रवाह
लामो समयदेखि गुणस्तरीय सेवा प्रवाह गर्दै आएको क्लिनिक वानमा सेवाग्राहीले एन्फ्लुएन्जा भ्याक्सिनको सेवा लिन चाहेको खण्डमा सर्वप्रथम सो व्यक्तिले एउटा फर्म भर्नुपर्ने हुन्छ ।
यसका लागि स्वास्थ्यकर्मीले सेवाग्राहीलाई पछिल्लो पटक लगाएको फ्लुको समय तथा मेडिकल हिस्ट्रिबारे आवश्यक सोधपुछ गरेपछि मात्रै खोप लगाइदिन्छ ।
यसरी खोप लगाइसके पछि पनि उक्त सेवा प्रदायकले अर्काे खोप लिने समयबारे जानकारी दिदैं उक्त मिति कागजातमा उल्लेख गराउँछ ।
तर, क्लिनिक वानबाट आफ्ना बालबालिकालाई ‘इन्फ्लुएन्जा भ्याक्सिन’ दिन चाहाने अभिभावकले भने यसका लागि चिकित्सकले सुझाउ गरिएको पुर्जी अनिवार्य रुपमा लिएर आउनु पर्दछ ।
अन्यथा बालबालिकाको हकमा क्लिनिक वानले चिकित्सकको परामर्श बिना यो सेवा प्रवाह गर्दैन ।
घरमै खोप लगाउँदा ध्यान दिनुपर्ने पक्षहरु:
घरबाटै एन्फ्लुएन्जाको खोप लिन एवम् दिन चाहाने व्यक्तिले विश्व स्वास्थ्य संगठनको सम्पुर्ण मापदण्डलाई अनिवार्य रुपमा अनुशरण गर्नुपर्दछ ।
यस्तै, स्वास्थ्य केन्द्रदेखि सेवा दिने स्थानसम्म लैजादा खोपलाई २ देखि ८ डिग्रीको तापक्रममा राखेर कोल्ड चेन बक्स मार्फत लैजानुपर्ने हुन्छ ।
निस्कर्ष
‘एन्फ्लुएन्जा भ्याक्सिन’ लाई अत्यन्त संक्रामक मानिने ‘एन्फ्लुएन्जा’ भाइरसका कारण देखापर्ने फ्लुको जोखिमलाई कम गर्ने उत्तम उपायको रुपमा लिइन्छ ।
यसले व्यक्तिमा हुने फ्लुको जोखिमलाई ४० देखि ६० प्रतिशतसम्म कम गराउँछ ।
हालसम्मको नतिजा एवम् इतिहास हेर्दा उत्कृष्ट देखिएको यसको मात्रा चिकित्सकको सल्लाह अनुसार, ६ महिना माथिका जुनसुकै उमेर समूहका व्यक्तिले लिन सक्छन् ।
सामान्य व्यक्तिको हकमा प्रत्येक वर्ष लगाइने यस खोप ६५ वर्ष माथिका समूहले भने ६-६ महिनाको अन्तरालमा लगाउनु पर्छ ।