सुत्दाखेरी घुडा दुख्ने समस्या बाट कसरी छुटकारा पाउने

Last updated on September 1st, 2020 at 09:30 am
उमेर ढल्किनु साथै हाड जोर्नी दुख्ने र सुन्निने समस्याहरु पनि बढ्ने अहिले सामान्य भैसकेको छ | घुडा दुख्ने समस्याको कारणले मानिसलाई हिड्न, दौडिन र अरु क्रियाकलापहरु गर्न गाह्रो हुन्छ | त्यसै गरि राति निन्द्रामा पनि कठिनाइ पर्दछ |
घूडा दुख्नुको कारणहरु धेरै छन् | जस्तै घुडामा चोट लाग्नु, आर्थ्राइटिस(Arthritis) हुनु , भिटामिन डी को कमि हुनु इत्यादी | आर्थ्राइटिस(Arthritis) हुदा शरीर को जोर्नीहरू दुख्ने, सुन्निने र कडा हुने गर्दछ | यी लक्षन हरु धेरै जसो घुडामा देखिन्छ |
सुत्दाखेरी घुडा दुख्ने समस्याका लागी निम्न कुराहरु अपनाउनु सकिन्छ |
१) सुत्नु अघि मन तातो पानीले नुहाउने
तातो पानीले नुहाउदा जिउ लाइ आराम महसुस हुन को साथै जोर्नीको दुखाइ बाट पनि राहत मिल्छ, जसले गर्दा निदाउन सजिलो हुन्छ | यसले रगत संचालन बदाउनुको साथै सुजन कम गर्छ |
२) आरामदायी स्थितिमा सुत्ने
सुत्दाखेरी घुडामा अतिरिक्त समर्थन लिएर सुत्नु निकै महत्वपुर्ण हुन्छ | यसको लागि हामीले सिरानीको प्रयोग गर्न सकिन्छ | ढाडमा उत्तानो सुत्ने बानीका लागी सिरानी घुडामुनी राख्न सकिन्छ भने कोल्टे परेर सुत्ने बानीका लागी चाहि दुबत घुदाको बिचमा सिरानी राखी समर्थन(support) लिन सकिन्छ |
३) तातो अथवा चिसो प्याक प्रयोग गर्ने
घुडा दुख्ने समस्या बाट आरामको लागी बरफको प्याक, होत ब्यघरु प्रयोग गर्न सकिन्छ | सुत्नु भन्दा अगाडी करिब २० मिनटको लागी बरफ प्याक या होत ब्याग घुडा मा प्रयोग गर्दा राम्रो हुन्छ |
आएस प्याक प्रयोग गर्दा, त्यसलाई कपडामा बेरेर मात्र प्रयोग गर्नु पर्छ | प्रतक्ष्य (दिरेच्त contact) आफ्नो जिऊमा प्रयोग गर्दा छालालाई हानि हुन सक्छ |
४) शरीरको तौल घटाउने / स्वास्थ्य तौल कायम राख्ने / गर्ने
कहिलेकाही अतिरिक्त वजनको कारणले पनि मानिसको घुडा या अन्य जोर्नीहरुमा थप चाप पर्न जान्छ | त्यसैले स्वास्थ्य तौल कायण राखेमा घुडामा पर्ने चापलाइ कम गर्न सकिन्छ | त्यसकालागि सन्तुलित खान खाने, थप व्यायाम गर्ने, हल्का गतिबिधि जस्तै : पौडी खेल्ने , साइकल चलाउने , बिहान बेलुकी हिडडुल गर्ने गर्न सकिन्छ |
५)आफ्नो दैनिक दिनचर्या र बानी हरु परिबर्तन गर्ने
हामीले दिनहु गर्ने केहि कार्यहरु/ क्रियाकलापहरुले पनि घुडा दुख्ने समस्यामा जोड दिन्छ | त्यसैले निम्न कुराकरुमा ध्यान पुराउनु पर्छ |
– धेरै भारी सामानहरु नउठाउने
– शरीरलाई नियमित रुपमा तन्काउने / व्यायाम गर्ने
– उपयुक्त जुत्ताकरु लगाउने (हिल धेरै भएको, अफ्ट्यारो जुत्ताहरु नलगाउने )
– व्यायाम गर्दा सहि आकृती(posture) प्रयोग गर्ने
– घुडा धेरै भन्दा धेरै प्रयोग हुने काम नगर्ने : जस्तै : भर्यांग चड्ने / झर्ने
डाक्टर संग परामर्श कहिले लिने
यदी घुडा दुखाइ झन् बढी हुदै गएमा र धेरै समय हुदा पनि सुधार नआएमा डाक्टर संग परामर्श लिनैपर्छ | हाडजोर्नी समस्याका लागी अर्थोपेडिक डाक्टर संग सुझाव लिई नियमित औषधी, थेरापी गर्दा दुखाइ कम गर्न सकिन्छ |
क्लिनिक वान मा अर्थोपेडिक डीपार्टमेन्टमा सिनियर अर्थोपेडिक डाक्टर डा. परिमल आचार्य, एम. डी. हुनुहुन्छ |
उहा संग अपोईन्टमेन्टका लागी फोन न: ०१-५००९२३३, ९८६३३९३९६० मा सम्पर्क गर्न सक्नु हुन्छ |