आत्महत्या: समाजमा रहेका यस सम्बन्धी भ्रम र यथार्थहरु
Last updated on July 3rd, 2020 at 09:46 am
Dr. Kenison shrestha
Psychiatrist
साभार गरिएको : विश्व स्वास्थ्य संगठन (WHO)
भ्रम: एकचोटी कसैलाई आत्महत्याको सोच आयो भने, त्यो मान्छेमा सधै आत्महत्या गर्ने जोखिम रहन्छ।
यथार्थ: आत्महत्याको जोखिम छोटो समय र कुनै अवस्थासंग सम्बन्धित हुन्छ।
आत्महत्याको सोचाई स्थायी रुपमा रहदैन तापनि यस्तो सोचाई पछि फर्किन सक्छ । यस्ता सोचाई र
पहिले आत्महत्या कोशिस गरेका व्यक्तिहरुले पनि आफ्नो जीवन लामो समय बिताएका हुन्छन ।
भ्रम: आत्महत्याको बारेमा खुलेर कुरा गर्दा त्यस्ता व्यक्तिहरुले यसलाई झन् प्रोत्साहनको रुपमा लिन्छन र देखासिकी गर्छन ।
यथार्थ: हाम्रो समाजमा आत्महत्यालाई कलंकको रुपमा हेरिन्छ , त्यसकारण यस्ता आत्महत्या गर्ने सोचाई आएको व्यक्तिहरुलाई कोसंग खुलेर कुरा गर्ने भन्ने बारेमा अलमलमा पर्ने गर्छन ।
खुलेर कुरा गर्नाले त्यस्ता सोचाई रहेका व्यक्तिहरु लाई आफ्नो आत्महत्या गर्ने सोच प्रति पुन ध्यान / सोच्न मौका मिल्छ र यसप्रकारले आत्महत्याको प्रयासलाई रोक्न मद्दत पुग्छ ।
भ्रम: मानसिक रोग भएका व्यक्तिहरुले मात्र आत्महत्या प्रयास गर्दछन ।
यथार्थ: आत्महत्याको सोचाई तथा व्यवहारले गहिरो दुखित अवस्था रहेको बुझिन्छ तर यस्तो अवस्था रहँदैमा मानसिक रोगीनै भएको हुनुपर्छ भन्ने चाहीं छैन ।
प्राय: मानसिक समस्या भएका व्यक्तिहरुमा आत्महत्याका सोचाई या व्यवहार नदेखिन पनि सक्छ र सबै आत्महत्या गर्ने व्यक्तिहरुमा मानसिक समस्या / रोग रहेको छ भन्ने हुदैन ।
भ्रम: प्राय व्यक्तिहरुले चेतावनी बिनानै आत्महत्या प्रयास गर्दछन ।
यथार्थ: प्राय जस्तो आत्महत्या अगाडी कुनै न कुनै प्रकारको चेतावनी देखिएको हुन्छ ( मौखिक वा ब्यबहारिक ) । तापनि कुनै आत्महत्या चाहीं कुनै पनि चेतावनी बिना नै भएको देखिन्छ । त्यसकारण यस्ता मौखिक वा ब्यबहारिक चेतावनी हामीले बुझ्न वा स्मरण गर्नपर्छ र यसप्रकारले आत्महत्या रोकथाम गर्नमा मद्दत पुग्छ ।
भ्रम: आत्महत्याको सोचाई भएका व्यक्तिहरु साच्चिकै आफु मर्ननै दृढ संकल्प राक्छन ।
यथार्थ: आत्महत्या सोच रहेका व्यक्तिहरु प्रायजसो आफ्नो जीवन र मरणको निर्णय गर्न दुबिधामा रहेका हुन्छन।
कोहि व्यक्तिहरु आवेगमा आएर बिषादी खाने गर्छन भने कोहि चाहिं केहि समय लिएर सोच बनाएर निर्णय गर्ने हुन्छन। यस्तो समयमा त्यस्ता व्यक्तिहरु वरिपरिका भावनात्मक समर्थनहरुको मुल्यांकन गर्नाले आत्महत्या रोकथाम समयमै गर्न सकिन्छ ।
भ्रम: आत्महत्याको बारे ब्यक्त गर्ने व्यक्ति आफैमा आत्महत्या गर्ने अर्थ राखेको हुदैन ।
यथार्थ: जो व्यक्ति आत्महत्याको कुरा ब्यक्त गर्छन तिनीहरु प्राय जसो आफुलाई सहयोग कहाँ बाट हुन्छ भन्ने खोजिमा हुन्छन।
प्राय जसो आत्महत्या सोच भएका व्यक्तिहरु चिन्ता, निराशापन र आशाबिहिन जीवन रहेको महसुस गर्दछन र अन्तिममा आत्महत्या बाहेक अरु विकल्प नरहेको महसुस गर्दछन ।
डा. केनिसन श्रेष्ठ संग Appointment का लागि : ९८६३३९३९६०, ०१५००९२३३, ९८०११०९२३५ .