केमिकल पिल छालाको लागि किन जरुरी छ ?
Last updated on April 18th, 2024 at 03:15 pm
केमिकल पिल (Chemical Peel), जसलाई Dermapeeling डर्मापिलिङ पनि भनिन्छ, यसले तपाईंको छालाको बाहिरी रूप सुधार्न रासायनिक झोलको प्रयोग गरिन्छ ।
केमिकल पिलले तपाईंको छालाको बाहिरको सतहलाई निकाल्छ र भित्र भएको नयाँ छालाको पत्र बाहिर देखिन्छ ।
यस नयाँ छालाको पत्र अझ बढी जवान हुन्छ। नयाँ छाला अक्सर कम रेखाहरू र चाउरीहरू भएको हुन्छ र यो छालाको सतह अझ चम्किलो हुन्छ ।
साधारणतया, अनुहारमा चाउरी परेको, चांयापोतो डन्डीफोरको लागि केमिकल पिल को प्रयोग गरिन्छ । यो प्रक्रिया एक्लै गर्न सकिन्छ वा अन्य कस्मेटिक प्रक्रियाहरू सँगसँगै पनि गर्न सकिन्छ ।
Request an appointment for Chemical Peel in Nepal at Clinic One >>>
केमिकल पिल कति प्रकारका छन् ?
विशेष गरी केमिकल पिल ३ प्रकारका हुन्छन्।
कस्तो किसिमको केमिकल पिल प्रयोग गर्ने भन्ने तपाईँले छाला सम्बन्धी कस्तो समस्यालाई सम्बोधन गर्नुहुन्छ भन्ने कुरामा निर्भर गर्दछ।
लाईट केमिकल पिल
लाईट केमिकल पिलले छालाको बाहिरी सतह अथवा Epidermis हटाउँदछ । यस लाईट केमिकल पिलले तपाईंको छालाको चमक बढाउँछ ।
यदि तपाईको अनुहारको छालामा मसिना रेखा, चाँया , पोतो र सुख्खापन, घामबाट छाला डढेको जस्ता समस्या छ भने लाईट केमिकल पिलको माध्यमबाट त्यस्ता समस्याको उपचार गर्न सकिन्छ।
लाईट केमिकल पिल गरेको छाला निको हुन केही घण्टाभन्दा केही दिन मात्र लाग्छ । लाईट केमिकल पिल तपाईले हरेक दुई देखि पाँच हप्ताको अन्तरालमा गर्न सकिन्छ ।
मिडियम केमिकल पिल
मिडियम केमिकल पिलले तपाईंको छालाको बाहिरी सतह अथवा Epidermis र मध्य तहको माथिल्लो भागको Dermis भागबाट छालाका कोषहरू हटाउँछ।
यदि तपाईको अनुहार चाउरी परेको छ , डन्डीफोरबाट छालामा हुने खतहरु छ, चाँया , पोतो जस्ता समस्या छ भने त्यसको उपचार गर्नका लागि प्रयोग गर्न सकिन्छ।
आफूले चाहेको कुरा हासिल गर्न वा त्यसलाई कायम राख्न तपाईंले यो प्रक्रिया दोहोर्याउनु पर्ने हुन सक्छ ।
डिप केमिकल पिल
यदि तपाईंको छालामा अझ गहिरो चाउरी, छालामा डन्डीफोरको कारणबाट भएको गहिरो दाग, घामबाट क्षति पुगेको छाला वा एक्टिनिक केराटोसिस भन्ने Pre-cancerous Growth छ भने तपाईको डाक्टरले डिप केमिकल पिल गर्न सल्लाह दिन सक्नुहुन्छ।
डिप केमिकल पिल तपाईंको छालाको सबै भन्दा तल्लो सतहसम्म पुग्ने गर्छ।
डिप केमिकल पिल गरिसके पछि छाला निको हुने समय लामो लाग्छ तर एक पटक डिप केमिकल पिल गरिसके पछि फेरि दोहोर्याई राख्नु पर्दैन ।
केमिकल पिलका लागि आफूलाई कसरी तयार गर्ने ?
चांयापोतो डन्डीफोरको लागि केमिकल पिल गर्न हामीले छाला रोग विशेषज्ञको परामर्श लिन जरुरी हुन्छ, किनभने अनुचित तरिकामा गरिएको केमिकल पिलले गर्दा छालामा संक्रमण तथा स्थायी रुपमा दाग लाग्न सक्छ ।
त्यसैले केमिकल पिल गर्न हामीले छालाको डाक्टरसँग परामर्श लिन जरुरी छ ।
छाला रोग विशेषज्ञसँग परामर्श लिनुहोस् >>>
केमिकल पिल गर्नु अघि के के कुरामा ध्यान दिने ?
- केमिकल पिल गर्नुअघि दुई हप्तासम्म सीधै घामका किरणहरुबाट बच्नुहोस् ।
- एक देखि दुई हप्ता अगाडि चिकित्सकहरुको निर्देशन बाहेक रेटिनोइड (जस्तै ट्रेटिनोइन) भएको कुनै पनि क्रिमको प्रयोग नगर्नुहोस् ।
- केमिकल पिलका लागि छाला तयार पार्न उपचार गर्नुअघि डाक्टरको निर्देशन अनुसार हाइड्रोक्विनोनको प्रयोग गर्नुहोस् ।
- यदि तपाईंलाई एन्टिबायोटिक वा एन्टिभाइरल औषधी दिइएको छ भने, केमिकल पिल गर्नु भन्दा कम्तीमा २४ घण्टाअघि नै यो औषधी लिन थाल्नुहोस् ।
- कुनै प्रकारको कस्मेटिक उपचार वा hair removal केमिकल peel गर्नु भन्दा १/२ दिन अघि देखि गर्नु हुँदैन।
केमिकल पिल गरिसके पछि के के कुरामा ध्यान दिने ?
तपाईंको डाक्टरले केमिकल पिल पछि तपाईंको छालामा आउन सक्ने जटिलताहरूलाई कम गर्न उपचारपछि छालाको स्याहार गर्न निर्देशनहरू पालना गर्नुपर्ने हुनेछ ।
कुनै पनि किसिमको केमिकल पिल गरिसकेपछि तपाईंको छाला रातो, कसिलो, चिलाउने वा सुन्निने हुनसक्छ । त्यस्तो बेलामा आफ्नो डाक्टरको सल्लाह बमोजिम तपाईंको छालामा उपयुक्त सन्स्क्रिन प्रयोग गर्नुपर्छ ।
यदि तपाईंको छाला चिलाउने वा सुन्निएको छ भने डाक्टरलाई सम्पर्क गर्नुपर्ने छ ।
Call us at 01-5400400/9863393960 to book an appointment for Chemical Peel at Clinic One.
Or,
Request an appointment below!